वेलायतका युवाहरुमा दमको विकराल समस्या



 

लन्डन,(एजेन्सी)
हालै वेलायतले प्रकासित गरेको स्वास्थ सम्बन्धी एक प्रतिवेदनका अनुासार विश्वका अन्य धनी राष्ट्रहरुमा भन्दा वेलायतका युवाहरुको दम रोगको कारण मृत्यु हुने संभावना बढि रहेको छ ।१९ वटा उच्च आय।ोत भएका राष्ट्रमा गरिएको एक विशलेषण अनुसार सम्पुर्ण १४ वटा युरोपेली मुलुक मध्ये वेलायतमा १० देखि २द्ध वर्ष उमेर समुहका व्यक्तिहरुको मृत्यु हुने संभावना सबैभन्दा बढि पाइएको छ ।

अन्य समपुर्ण युरोपेली मुलुक मध्ये वेलायतकै १५ देखि १९ वर्ष समुहका किशोर किशोरीमा सबैभन्दा बढि मोटोपनाको समस्या पनि पाइएको छ । वेलायत सरकारले बाल स्वास्थ सुरक्षाका लागि आफ्नो विश्वकै उत्कृष्ट योजना रहेको जनाएको छ ।

तर यस प्रतिवेदनले भने वेलायतको थुप्रै सवस्थ सुचकहरु अन्य मुलुकको भन्दा पछाडि रहेको देखाएको छ । नफिल्ड ट्रस्ट थिंक टैंक र एशोसियसन फर यंग पिपुल्स हेल्थले जर्मनी , फ्रान्स , इटाली , जापान , अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरुको स्वास्थ सम्वन्धी १७ वटा विषयमा विश्लेषण गरी यो अध्ययन गरेका थिए ।

साथै यस अध्ययनले वेलायतमा युवाहरुले थोरै मदिरा पिउने र धुमपान गर्ने जस्ता स्वास्थ बानीको विकास गरिहको भएता पनि तिनीहरुको वयस्क अवस्थामा स्वास्थमा नराम्रो असर पर्ने गरिरहेको पत्ता लगाएको छ ।
वेलायतमा झण्डै पाँचजना मध्ये एकजना टाइप टु डाइविटिज जस्ता दिर्घकालिन स्वास्थ समस्याबाट पिडित रहेको पाइएको छ ।

यो सम्सया सन् २००८ मा १३ दशमलव ५ प्रतिशत रहेकोमा सन् २०१६ मा १८ प्रतिशत पुगेका छ । युवाहरुको स्वास्थ खराव रहने वेलायत पछिका अन्य मुलुकमा क्रमशः अष्ट्रेलिया , अमेरिका र न्यजिल्यान्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्