इजरायली यानको चन्द्रमाबाट सेल्फी



जेरुसलम (एजेन्सी)
चन्द्रमाको आफनो पहिलो मिसनमा गएको एक इजरायली अन्तरिक्ष यानले पृथ्वीमा आफनो सेल्फी पठाएको छ । तस्वीरमा वेरेसिट अन्तरिक्ष यानको पृष्ठभुमीमा पृथ्वी देखिएको उक्त अभियानका प्रमुखले जानकारी दिएको छ ।

यो अन्तरिक्ष यान इजरायलको युदेह स्थित अभियान नियन्त्रण कक्षबाट ३७ हजार ६ सय किलोमिटर दुरीमा रहेको छ । एनजीओ स्पेसएल र सरकारी स्वामित्वमा रहेको इजरायल एयरोस्पेस इन्डस्ट्रिजले मिलेर उक्त मानव रहित अन्तरिक्ष यान बनाएको हो । उक्त यानलाई गत फेब्रेअरीमा प्रक्षेपण गरिएको थियो । अहिलेसम्म रुस, अमेरिका र चीनले मात्र चन्द्रमामा यान अवतरणको सफलता प्राप्त गरेको छ ।

उक्त सेल्फीमा इजरायलको भन्डासँगै अंग्रजी र हिब्रुमा लेखिएको सन्देश देखिन्छ । यसलाई इजरायलको अत्यन्त महत्वाकांक्षी प्रोजेक्ट मानिएको छ । इजरायलको यो चन्द्र अभियान अमेरिका, रुस र चीनपछि चन्द्रमामा पुगेको मिसन हो ।

५ सय ८५ किलोग्रामको उक्त यानलाई अन्तरिक्षको उचाइसम्म पुर्याउने काम अमेरिका स्थित ब्यवसायी एलोन मस्कको स्पेसएक्स कम्पनीको फाल्कन ९ रकेटले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्