ज्योति लाईफ इन्स्योरेन्स र ह्याम्स अस्पताल बीच सम्झौता



काठमाडौं(नेस) ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवाप्रदानगर्ने सम्बन्धी सम्झौता गरेकोे छ ।

आफ्ना ग्राहकहरुलाई स्वास्थ्य पु¥याउने लक्ष्यसहित सो सम्झौता गरेको हो ।सम्झौतामा ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने भनिएको छ । सो कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवाशुल्क र औषधी खरिदमा विशेष छुटप्राप्त गर्ने छन् ।

सो सम्झौताले कम्पनीसंग आबद्ध सम्पँर्ण महानुभावहरु लाभान्वित हुने विश्वास लिइएको छ ।सो सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री र अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले हस्ताक्षर गर्नुभयो । सो कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्र्नी विभागप्रमुख डा. भाष्कर राजपन्तलगायत अस्पताल र कम्पनीका अन्यपदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्