इन्फ्रास्ट्रक्चर बैंकको कारोबार शुरु



काठमाडौं(नेस)
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बुधबार वित्तीय कारोबार शुरुवात गरेको छ ।

बैकंको अधिकृत पुँजी ४० अर्ब रुपैयाँ र जारी पुँजी २० अरब रुपैयाँ रहेको छ । यस बैंकमा सरकारको १०५ कित्ता पव्लिक लिमिटेड कम्पनीहरुको करिब ४०५ कित्ता र निजी लगानीकर्ताहरुको करिब १०५ र बाँकी ४०५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।

मुलुकको पँर्वाधार विकासमा लगानीको पहुँच सहज बनाउने बैंकको उद्देश्य राखेको छ । बैंकले पँर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउने छ । त्यसका विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी स्रोत परिचालन गर्ने जस्ता कार्यहरु गर्ने बताइएको छ ।

सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको यस बैंकले अन्तर्राष्ट्रिय, सार्वजनिक तथा निजी क्षेत्रहरुसंग सहकार्य गरी नेपालको पँर्वाधार निर्माण कार्यलाई तीब्रता दिन महत्वपँर्ण भँमिका खेल्ने विश्वास लिइएको छ ।
सरकार सहितकेही वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, निजी कम्पनीहरु तथा व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट सो बैंक गत जेठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको थियो । सो बैंकले राष्ट्रियस्तरको पँर्वाधार विकास बैंकको रुपमा गत माघ २८ गत ेनेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पत्र प्राप्तगरेको थियो ।

विकास आयोजनामा लगानी गर्न अर्थमन्त्रीको आग्रह
सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले व्यवसायिक क्षेत्रको लगानीमा देखिएको अभाव हटाउन पनि बैंक तथा वित्तिय संस्थाहरुले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो।

उहाँले मुलुकमा दीर्घकालीन प्रकृतिको विकास आयोजनाका लागि पँँजी र जनशक्ति दुवै आवश्यक रहेको उल्लेख गर्दै त्यो अभाव पँर्ति गर्ने दिशामा अघि बढन पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनुभयो ।
बैंकका अध्यक्ष अनुज अग्रवालले पँर्वाधार विकासमार्फत सरकारसँग सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्ताहरुलाई सामाजिक लाभांश समेत प्रदान गर्ने लक्ष्य लिइएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्