लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने



बुटवल(नेस)
प्रदेश पाँचको मन्त्री परिषदको बैठकले कपिलबस्तु जिल्लाको यशोधरा गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यस अगाडी सरकारले प्रदेश भित्रका ३५ गाउँपालिका छनौट गरी कार्यक्रम लागु गर्ने तयारी गरिरहेको छ भने यो गाउँपालिका थप गरिएपछि ३६ वटा गाउँपालिका भएका छन् ।

बिकासको दृष्टिकोणले पछाडी परेका गाउँपालिमा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम सञ्चालन गर्नेगरी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको थियो भने बजेट समेत सोही अनुसार बिनियोजन गरेको थियो ।
बिकासको सँचकांकमा समेत पछाडी परेको यशोधरामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम सञ्चालनकालागि कपिलबस्तु जिल्ला समन्वय समितिबाट पछि माग भई आएकाले आर्थिक मामिला मन्त्रालयले बजेट व्यबस्था गर्नेगरी कार्यक्रम थप गर्ने निर्णय गरिएको प्रदेश सकारका प्रवक्ता तथा भौतिक पँर्वाधार मन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।

प्रदेश पाँच मन्त्री परिषदको बुधबार बसेको बैठकले प्रदेश सेवाका कर्मचारी (व्यबस्थापन) सम्बन्धि कार्यविधि २०७५ कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयसंगै संघीय सरकारले कर्मचारी समायोजन प्रकृया परा गरेपछि प्रदेश सरकार मातहत आउने कर्मचारी २ वर्ष सरुवा गर्न नपाउने तथा सरुवा गर्नुपरेमा उचित कारण सहित गर्न सकिने मन्त्री परिषदको बैठक पछि आयोजित पत्रकार सम्मेलन गरि प्रवक्ता चौधरीले बताउनु भयो ।

त्यस्तै बैठकले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने निर्णय गरेको छ । त्यसकालागि ४ करोड १९ लाख ६० हजार रुपैंया बजेट विनियोजन गरेको छ । त्यस्तै भँमिहिन किसानकालागि करार खेतीमा अनुदान उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ । यस अंगाडी सरकारकाले भँमिहिन किसानकालागि १५ वर्षे करार खेती गर्ने व्यबस्था प्रभावकारी नहुनेदेखिएपछि मन्त्री परिषदको बैठकले एक वर्षकालागि समेत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

भँमिहिन किसानले करारमा खेती गर्न चाहेमा तराईमा ५ विगाहा र पहाडमा ५० रोपनी जग्गा भाडामा लिई खेती गर्न सक्नेछन् । त्यस्ता किसानलाई सरकारले बढीमा ३ लाख रुपैंया सम्म अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्