सुनचाँदीको व्यवसायमा तौल र गुणस्तरलाई ध्यान दिन आग्रह

0
Shares

काठमाडौं, (नेस)
सुनचाँदी व्यवसायमा देखिएका समस्या र तीनको समाधानका सघाउ पु¥याउने उद्देश्यले शुनिबार काठमाडौंमा सुनचाँदी पेशा सञ्चालनसम्बन्धी सचेतना कार्यक्रमको आयोजना भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा भएको सो कार्यक्रममा सरकमरी निकायका प्रतिनिधि तथा व्यवसायीले यस क्षेत्रमा देखिएका समस्या र तीनको निराकरणका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा गुणस्तर तथा नापतौल विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले कुनै पनि पेशा व्यवसाय गर्नुपँर्व त्यससम्बन्धी कानुनी पक्षको जानकारी अपरिहार्य भएको बताउनुभयो । कानुनी पक्षलाई ख्याल नगर्दा व्यवसायीहरु बेलाबखत समस्यामा पर्ने गरेको उल्लेख गर्दै उहाँले कानुनभन्दा माथि कोही नहुने भएकाले कानुनले तोकेको सिमाभित्र रहेर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गुर्नभयो ।

सुनचाँदीको व्यवसाय सञ्चालन गर्दा तौल, गुणस्तर, जर्ति, ज्याला जस्ता विषयलाई गम्भीरतापँर्वक लिन पनि उहाँले आग्रह गर्नुभयो । सुनचाँदीको कारोबार गर्दा सकभर ग्राम वा किलोग्राकमा मात्र गर्न आग्रह गर्दै उहाँले त्यसो नभए ग्राम वा किलोग्रामसमेत प्रष्ट देखिने गरी अन्य विधि पनि अपनाउन सकिने सुझाव दिनुभयो ।

त्यस कार्यक्रममा गुणस्तर तथा नापतौल विभागकै पँर्वमहानिर्देशक डा. सीताराम जोशीले कार्यपत्र प्रस्तुत गर्दै गुणस्तर तथा कारोबारसम्बन्धी मापदण्ड बन्नु मात्र ठँलो कुरा नभई त्यसको प्रभावकारी कार्यान्वयन पक्ष महत्वपँर्ण हुनेमा व्यवसायीको ध्यानाकर्षण गराउनुभयो । उहाँले शुल्क तिरेपछि उपभोक्ताले आफँले तिरको मँल्य अनुसारको सेवा र त्यसको गुणस्तर खोज्नु स्वभाविक भएको उल्लेख गर्दै त्यस किसिमका गुनासा आउन नदिनतर्फ व्यवसायी सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका कानुनी सल्लाहकार शिव रिजालले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने भन्दै कानुनी दायराभित्र रहेर आफ्नो व्यवसाय गर्ने सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले विभिन्न कानुनी अड्चनका कारण व्यवसायमा समस्या परेको भन्दै त्यस किसिमको अड्चन फुकाउन सरकरी निकायसँग आग्रह गर्नुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कुनै पनि पेशा व्यवसायमा लाग्नेले सकारात्मक सोचका साथ काम गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।