असिना पानीले २ करोडको इँट्टा नष्ट

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
लगातारको वर्षाका कारण हेटौंडा क्षेत्रका तीन इँट्टा भट्टामा झण्डै दुई करोड रुपियाँबराबरको इँट्टा नष्ट भएको छ । सुक्खायाममा वर्षाले मकवानपुरका इँट्टा व्यवसायी मारमा परेका छन् ।

लाखौं लगानीमा सञ्चालित उद्योगबाट उत्पादन हुने तयारीमा रहेका सामग्रीमा प्राकृतिक विपद्का कारण क्षति भएपछि आफँहरु मारमा परेका सञ्चालकहरुले बताएका छन् । वर्षाले काँचो इँट्टा गलेर नष्ट भएका छन् । एक महिनादेखि पकाउन ठिक्क पारिएका इँट्टा वर्षाको पानीले गलेपछि त्यहाँबाट हटाउनसमेत झन्झट भएको हेटौंडा–१८, हर्नामाडीका इँट्टा उद्योग सञ्चालकहरुको भनाइ छ ।

भट्टामा पोल्न तयारी अवस्थामा राखिएका इँट्टा पानीले नष्ट गरेपछि व्यवसायीले ठँलो क्षति ब्यहोर्नुपरेको बानियाँ इँट्टा उद्योगका सञ्चालक रामबाबु बानियाँले बताउनुभयो । पोल्ने तयारीमा रहेका इँट्टा पानीले गलाउँदा करिब ७० लाखको नोक्सानी ब्यहोर्नुपरेको बानियाँको भनाइ छ ।

काँचो इँट्टाको बीमा हुने नभएकाले राज्यले व्यवसायीको संरक्षण गर्नु जरुरी रहेको उहाँको माग छ । मकवानपुरमा ईँट्टा भट्टा तीन वटा छन् । हेटौंडा–१८ को हर्नामाडीमा बानियाँ इँट्टा उद्योग, चाइनिज इँट्टा उद्योग र प्रेमी इँट्टा उद्योग छन् । उत्पादन हुने इँट्टाहरु मकवानपुरसहित चितवन तथा तराईका जिल्लामा पुग्ने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट महंँगो ब्याजदरमा ऋण लिएर उद्योग व्यवसाय गरेका उद्योगी व्यवसायीलाई बेमौसमी वर्षाले ठँलो आर्थिक क्षति पु¥याएको उद्योगीको गुनासो छ । बेमौसमी वर्षाका कारण काँचो इँट्टा गलेर नष्ट भए पनि बजारमा इँट्टा अभाव हुन नदिन आफँहरु लागिपरेको प्रेमी इँट्टा उद्योग सञ्चालक उत्तम ज्याक्ख्योले बताउनुभयो ।

वर्षाले काम गर्न नसक्दा मजदुरको पारिश्रमिक र समय पनि नोक्सान भएको उनीहरुले बताएका छन् । बेमौसमी पानीले इँट्टा नोक्सान भएपछि इँट्टाको आपँर्ति कम हुने र मँल्यवृद्धि हुने देखिएको छ ।

हाल मकवानपुरमा प्रतिइँट्टा १० देखि १२ रुपियाँसम्ममा कारोबार भइरहेको छ । मंसिरदेखि वैशाखसम्म उत्पादन हुने समय भएको र त्यसपछिका ६ महिना वर्षामा उद्योग बन्द रहने गर्दछ ।

हेटौंडामै गुणस्तरीय इँट्टा उत्पादन हुन थालेपछि स्थानीयलाई सहज भएको छ । उद्योग स्थापना भएसँगै घर तथा अन्य भवन निर्माण गर्न जिल्ला बाहिरबाट इँट्टा ल्याउनुपर्ने बाध्यता अन्त्य भएको हो ।

भवन निर्माणसँगै माटोको गुणस्तरीयता अध्ययन गरी स्थापना गरिएका इँट्टा उद्योगबाट दैनिक पाँच ट्रकसम्म इँट्टा उत्पादन गर्ने गरिएको छ । उत्पादित इँट्टालाई विभिन्न स्थानमा पठाउने गरिएको उद्योग व्यवस्थापनको भनाइ छ ।
उद्योगबाट गुणस्तरीय इंँट्टा उत्पादन भएपछि सदरमुकाम क्षेत्रमा निर्माणाधीन घर तथा सरकारी कार्यालयहरुले समेत सोही स्थानबाट इँट्टा आयात गर्ने गरेका छन् । यसअघि जिल्लामा इँट्टा उद्योग नहुँदा घर तथा अन्य भवन निर्माणका लागि अन्य जिल्लाबाट महंगो भाडा तिरी इँट्टा ल्याउनुपर्ने बाध्यता थियो ।