एनआरएनएको ३ साथी नेपाल पठाउ अभियान



नेपाल समाचारपत्र, काठमाडौं
गैरआवासीय नेपाली संघले सरकारद्वारा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन विभिन्न कार्ययोजना एवम् रणनीति सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रमबीच यसअघि घोषणा गरेको नेपाल पर्यटन प्रवद्र्धन वर्षका गतिविधि पनि जानकारी गराइएको छ ।
संघले बुद्ध नेपाल, एभरेष्ट डे,(मे २९) र नेपाल फेस्टिवलको समयमा नेपालको विविधता झल्किने प्रचार प्रसार सामग्री राखिने संघका अध्यक्ष भवन भट्टले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष भट्टले अभियानमार्फत सरकारको संघको सञ्जाल विस्तार भएका ८० मुलुकबाट पर्यटक भित्र्याउन ‘३ मित्र आफ्नो मुलुक पठाऊ’ अभियानलाई अघि बढाउने बताउनुभयो । अध्यक्ष भट्टले नमस्ते, अतिथि देवो भवः लगायतका अभियानलाई निरन्तरता दिने, डायस्पोरामार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवम् पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको बताउनुभयो ।

उहा“ले भन्नुभयो–‘नेपालमा पर्यटक देखेपछि हा“सेर नमस्कार गरौं र विदेशमा पनि हामीले मिठो मुस्कानसहित हा“सेर नमस्ते गरौं ताकी हाम्रो संस्कार देखेर पनि हाम्रो मुलुक घुम्ने रहर जागोस् भनी राष्ट्रिय समन्वय परिषद्हरुले काम गरिरहेका छन् ।’

यस्तै विदेशमा रहेका नेपाली समुदाय (डायस्पोराबाट) पर्यटकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने, डायस्पोरामा नेपाली महोत्सव आयोजना गर्ने, विदेशीस्थित विभिन्न संघ–संस्थास“ग मिलेर व्यावसायिक कार्यशाला एवम् प्रवद्र्धनात्मक कार्यक्रम गर्ने, नेपालीद्वारा विदेशमा सञ्चालित रेष्टुरेन्ट एवम् अन्य व्यावसायिक निकायमा समेत नेपाललाई चिनाउने खालका सामग्री राख्ने र कार्यक्रम गर्नेलगायतका योजना संघले अघि बढाएको अध्यक्ष भट्टले बताउनुभयो ।

नेपाल भ्रमण वर्षमा सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्नको लगि टेवा पुग्ने संघले विश्वास लिएको छ । संघले संघको नेटवर्कभित्र रहेर नेपाल आउने पर्यटकलाई ट्याक्सीदेखि होटलसम्ममा सहुलियत सुविधा प्रदान गर्ने योजना रहेको छ ।

पर्यटन प्रवद्र्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गर्ने र सरकारले पहिचान गरेका एक सय वटा गन्तव्य स्थलमा बढी भन्दा डायस्पोरा एवं बाह्य पर्यटक भित्र्याउने रणनीति संघले अघि सारेको छ ।
कार्यक्रममा नेपाल पर्यटन वर्ष २०१९ अभियानका संयोजक सोमनाथ सापकोटा र एक्सपेरिएन्स नेपालका संयोजक दीपेशमान शाक्यले अभियानअन्तर्गतका प्रस्तावित गतिविधि तथा संघले नेपालका पर्यटक भित्र्याउनको लागि सञ्चालन गर्ने अभियानको बारेमा जानकारी गराउनु भएको थियो ।

संघले सञ्चालन गरेका करिब ८० राष्ट्रमा ५ हजार होटल तथा रेष्टुरेन्टमा नेपालको प्रचार प्रसारको गतिविधि चलाउनेछ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले संघले सञ्चालन गरेका अभियानबाट नेपालको पर्यटन विकासमा टेवा पुगेको बताउनुभयो । बोर्डले अफ सिजनमा पनि नेपालका पर्यटन भित्र्याउनको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जोशीको भनाइ छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र त्रिभुवन विमानस्थलको स्तरोन्नती गरेस“गै पर्यटन आगमन बढेर जाने जोशीले विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्