भारत–पाकिस्तानबीचको तनावले नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावित



नेपाल समाचारपत्र, काठमाडौं
भारत–पाकिस्तानबीच उत्पन्न तनावपछि त्यस क्षेत्रको ‘एयर स्पेस’ प्रयोगमा प्रतिबन्ध लगाइएका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अन्तर्रष्ट्रिय उडानका क्रममा भारत–पाकिस्तानबीचको तनावले समस्या उत्पन्न नहोस् भनेर सुरक्षित रुटको प्रयोग गर्दा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान अवधिमा १५ देखि २० मिनेट बढी समय लाग्ने भएकाले प्रभावित भएको हो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिले भारतको दिल्ली ह“ुदै पाकिस्तान प्रवेश गरी अन्तर्राष्ट्रिय उडान हु“दै आएमा अहिले भारतको अहमादबादभन्दा पश्चिम गएर फेरि दक्षिण जाने रुट तय गर्नुपर्ने भएकाले बढी समय लाग्ने गरेको बताउनुभयो ।

उहा“का अनुसार अहिले काठमाडौंमा उडान गर्दा लिमा ३०२ रुट प्रयोग गरिएको छ भने अवतरण गर्दा जी ५९० रुट प्रयोग गरि“दै आएको छ । रुट परिवर्तन गर्दा इन्धनको खपत बढी हुने गरेको छ । नया“ रुट लागू गरिएपछि गल्फ र युरोप उडान गर्दै आएका टर्किस एयरलाइन्स, नेपाल वायुसेवा निगम, कतार एयरवेजलगायतका य वायुसेवा कम्पनीको सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्