नेपाली काँग्रेसद्वारा दुःख व्यक्त



नेपाल समाचारपत्र
हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएकोमा नेपाली काङग्रेसले गहिरो दु.ख व्यक्त गरेको छ ।

‘विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो’ सभापत्ति शेरवहादर देउवाले बुधबार जारीे विज्ञप्तिमा भनिएको छ‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु’

यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको पनि विज्ञप्तिमा भनिएको छ । दुःखदमा परी नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोय, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
‘दुर्घटनामा निधन भएका सबैको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै शोक सन्तप्त समस्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्राथना गर्दछु ।’भन्दै सभापति देउवाले ‘दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएको छु ।’ भनिएको छ ।

एनआरएनद्धारा शोक व्यक्त
गैरआवासीय नेपाली संघ परिवार र नेपाल उद्योग वाणिज्य महासंघद्वारा गहिरो दुःख व्यक्त गरेको छ । ‘नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिनु भएका अधिकारीसंग संघको गहिरो सम्बन्ध र सहकार्य रहेको थियो ।

पर्यटन मन्त्रीको पद सम्हाले पछि नेपालको पर्यटन प्रबर्धनको लागि उहाँले नेपाल पहिचानको लागि गर्नु भएका पहलहरु हाम्रा निम्ति चीर स्मरणीय रहने छन् । ’संघ र महासंघद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
निधनले नेपाल उद्योग वाणिज्य महासंघले स्तव्ध भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्