टोयोटा रश रोड शो सम्पन्न



काठमाडौं, (नेस)
टोयोटाको नेपालका लागि अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (युटिएस) द्वारा टोयोटा रश रोड शोको आयोजना भएको छ । ७ दिने लामो यस कार्यक्रम काठमाडौ– चितवन – बुटवल – काठमाडांैसम्मको यात्रा पँरा गरी समाप्त गरेको हो । सो कार्यक्रम करिब १७० किलोमिटर को यात्रा गरी सयौं ग्राहकलाई सहभागी गराई फागुन १४ गते काठमाडौंमा फर्किएको छ ।

चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरमा अवस्थित अटो वेज प्रालिमा शोरुम इन्टर्याक्सन पनि गरिएको थियो । यस रोड शो ले दुवै शहरमा ८० जना ग्राहकलाइ शो रुम इन्टर्याक्सन गराई अन स्पट १० वटा टोयोटा बुकिङ गरेको कम्पनीले जनाएको छ । सो कार्यक्रममा रहेको विभिन्न सुविधा, जस्तै न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्स्योरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहार राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्