मार्जिन कारोबार शुरू गर्न नेप्सेको आग्रह



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) शेयरको दोस्रो बजारमा मार्जिन कारोबार शुरू गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । मंगलबार नेप्सेले धितोपत्र दलाल व्यवसायीलाई पत्राचार गर्दै उक्त आग्रह गरेको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ तयार भई लागँ भइसकेको उल्लेख गर्दै नेप्सेले सो आग्रह गरेको जनाएको छ ।

उता धितोपत्र दलाल व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि नेपाल धितोपत्र बोर्डले वार्ताका लागि बोलाएको छ । बोर्ड गत फागुन ७ गते बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले दिएको अभिव्यक्तिलाई अन्यथा रुपमा लिइएको र सो सम्वन्धमा व्यवसायीहरुसंँग बोर्डमा छलफलसमेत गरी स्पष्ट गराईसकिएको बोर्डले विज्ञप्ति प्रकाशित जनाएको छ ।

सरकारद्वारा गठित मुद्रा तथा पुँजी बजार सम्बन्धी कार्यदलको सुझाव अनुसार सरकार र बोर्ड समस्या समाधान गरी बजारको सुधार गर्ने क्रममा रहेकोमा एक्कासी धितोपत्र दलाल व्यवसायीले आन्दोलन गर्ने भन्ने जानकारी प्राप्त भएकोमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ ।

शेयर दलालले आन्दोलन गर्ने विषयमा भने आन्दोलनले प्रत्यक्षरुपमा लगानीकर्तालाई असुविधा भई बजारमा अझ प्रतिकँल प्रभाव पर्ने तथा राष्ट्रिय विकासको कार्यमा समेत अवरोध हुने बोर्डको भनाइ छ । बोर्डले सबै पक्षहरुलाई संयमित भई आफ्नो व्यावसायिक मर्यादा कायम राखी पुँजी बजारको विकास र विस्तारमा सहयोग गर्नु हुन सम्वन्धित सबैलाई आग्रह समेत गरेको छ ।

धितोपत्र दलाल व्यवसायी सेवालाई काठमाडांै उपत्यका बाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको तथा अन्य आठ ठाउँमा शाखा खोल्न पँर्वस्वीकृति दिइएको समेत बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ । अघिल्लो साता संसदको अर्थसमितिकको बैठकमा बोर्डका अध्यक्षले दिएको अभिव्यक्तिप्रति धितोपत्र दलाल व्यवसायीले विरोध गर्दै आएका छन् । उक्त घटनापछि व्यवसायी र बोर्डबीच आरोप प्रत्यारेपको श्रृखला चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्