नेपाल बंगलादेश बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल बंलादेश बैंक र नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल क्यान्सर अस्पतालले नेपाल बंगलादेश बैंकद्वारा जारी भएका डेबिट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा ५ प्रतिशत १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

सम्झौतापत्रमा नेपाल बंगलादेश बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्