साओमीको रेडमी गो स्मार्टफोन बजारमा



काठमाडौं, (नेस) साओमीले नेपाली बजारमा एनड्रोइड टीएम गो स्मार्टफोन रेडमी गो प्रस्तुत गरेको छ । अति उपयोगी सफ्टवेयर तथा दक्ष हार्डवेयर भएको यसको नेपाली बजारमा ८ हजार ९९९ रुपियाँ रहेको कम्पनीले जनाएको छ ।

एनड्रोइड टीएम गो कार्यक्रम गुगलले २०१७ सालमा शुरू गरेको थियो । यसलाई बजारमा ल्याउने बित्तिकै नै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्