नाइजेरियाको राष्ट्रपतिमा कांग्रेसका बुहारी निर्वाचित



काठमाडौं । नाइजेरीयाको राष्ट्रपतिमा प्रोग्रेसिभ कांग्रेसका उम्मेद्वार मुहम्मद बुहारी आगामी चार बर्षका लागि पुन निर्वाचित भएका छन् ।

शनिबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी निवर्तमान राष्ट्रपति पिप्लस डेमोक्रेटीक्स पार्टीका अतिकु अब्बु बाकरलाई हराउंदै ७६ बर्षी बुहारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन ।

नाइजेरियामा गत शनिबार ३६ सिटका लागि भएको निर्वाचनमा प्रोग्रेसिभ कांग्रेसका बुहारीले १९ सिटमा विजयी भएका थिए भने प्रतिद्वन्द्वी पिप्लस डेमोक्रेटीक्स पार्टीका अब्बुबारकले १७ सिटमा विजयी हांसिल गरेको नाइजेरीयाको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा कूल मतदाताको ३५ प्रतिशत मत खसेको थियो । नाइजेरीयाको सेनामा कार्यरत ७६ बर्षीय बुहारी सन १९८० को दशकमा थिए । बुहारी अघिल्लो पटक १९५० मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्