ट्रम्प–किम वार्ता: उत्तर कोरिया विश्वको आर्थिक शक्ती बन्न सक्छ- ट्रम्प



वासिङटन/हनोई (एजेन्सी)
अमेरिकी राष्टपटि डोनाल्ड ट्रम्पले यदी उत्तर कोरियाले आफनो परमाणु हतियार नष्ट गर्छ भने उ विश्वको सबैभन्दा बलियो आर्थिक शक्तिहरु मध्यका एक बन्न सक्ने आफनो मान्यता रहेको बताए ।

उत्तर कोरियाली नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ताका लागि भियतनाम प्रस्थान गर्नु पुर्व सन्ध्यामा ट्रम्पको उक्त बयान आएको हो । ट्रम्पको यो बयान आउनु केही घण्टा अगाडी अमेरिकी विदेश मन्त्रीले प्योङयाङ परमाणु खतरा बनिरहेको टिप्पणी गरेका थिए । ट्रम्प र किमबीच भियतनामको हनोईमा बुधबार र विहिबार शिखर वार्ता हुने योजना छ । गत जुनमा सिंगापुरमा यी दुई नेताबीचको पहिलो ऐतिहासिक वार्ता भएको थियो, जसमा उनीहरुबीच उत्तर कोरियाको परमाणु निसस्त्रीकरणमा सहमत भएका थिए ।

राष्ट्रपति ट्रमपले ट्विटमा भनेका छन्– हामी दुबै सिंगापुरमा पहिलो शिखर वार्तामा भएका प्रगति जारी राख्ने अपेक्षा गरेका छौं । ‘ उत्तर कोरियाले यसअघि दक्षिण कोरियाबाट अमेरिकाले आफना सैनिक नहटाएसम्म आफनो परमाणु हतियार नस्ट नगर्ने बताएका थिए ।

ट्रम्पले ह्वाइट हाउसमा गभर्नरहरुसँगको बैठकमा भने– म किमलाई उसँग देशलाई आर्थिक रुपमा जीवन्त बनाउने अवसर रहेको बताउन चाहन्छु । सायद विश्वको सबैभन्दा जीवन्त ब्यवस्था मध्यको एक । उनको स्थिति अविश्वसनिय छ । रियल एस्टेटसँग आवद्ध ब्यक्तीका रुपमा मैले यस प्रकारको स्थितिमा सँधै राम्रो काम गरेको छु । उ चीन र रुसको बिचमा छ र अर्को तर्फ दक्षिण कोरिया छ । उनीहरु उत्तर कोरिया नगइकन एक अर्कोसम्म पुग्न सक्दैनन् ।

उनले भने–यो विश्वका सबैभन्दा बलियो अर्थ ब्यवस्था मध्यका एक बन्न सक्छ भन्ने मलाई लागेको छ । तर परमाणु हतियार राख्छ भने त्यसतो हुन सक्दैन । यदि तपाई परमाणु हतियार राख्नु हुन्छ भने यो कहिले पनि हुन सक्दैन ।
अधिकतम सुरक्षाको ब्यवस्था

भियतनामले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबीच यसै हप्ता राजधानी हनोइमा हुन लागेको शिखर बैठकका लागि अधिकतम सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको छ ।

किम अमेरिकी राष्ट्रपतिसँगको आफनो दोस्रो शिखर बैठकमा सहभागी हुन आइतबार चीन हुँदै एक बख्तरबन्द ट्रेनबाट हनोइ प्रस्थान गरिसकेका छन् । उनले यस यात्रामा २ हजार ७ सय किलोमिटर दुरी तय गर्नेछ ।

भियतनामसम्मको यात्राका लागि उनलाई दुई दिन भन्दा लामो समय लाग्ने अनुमान गरिएको छ । किमले सुरक्षाका कारण रेल यात्रालाई चुन्न गरेको रुसी सन्चार माध्यमले जनाएकोछ । उनका पिता किम जोंग इलले पनि ट्रेनबाट मात्र यात्रा गर्थे । ट्रम्पको भियतनाम राजधानी जेटबाट पुग्ने योजना रहेको छ ।
अधिकारीहरुले हनाईमा शिखर सम्मेलनको तयारीका लागि उसँग करिब १० दिन मात्र भएको र यो पहिलाको जस्तो दुई महिनाको तुलनामा अत्यन्त कम भएको बताएका थिए । सिंगापुर शिखर सम्मेलनका लागि करिब दुई महिना समय दिइएको थियो ।

यद्यपी अधिकारहिरुले दुई नेताहरुलाई कडा सुरक्षा उपलब्ध गराइने बताए । भियतनामका उप विदेश मन्त्री ली होयई ट्रङले सुरक्षा सम्बन्धी जानकारी गराउँदै भने– सुरक्षा अधिकतम स्तरमा हुने छ । एक अन्य अधिकारी गुयेन मेनहंगले हनोइमा ४० देशका ३ हजार पत्रकार आउने अनुमान गरिएको बताए । ट्रम्प र किमबीच हनोइमा बुधबार र बिहिबार बैठक हुने कार्यक्रम तय छ ।

प्रतिक्रिया दिनुहोस्