कोरियाली युद्ध अन्त्य भएको घोषणा हुने अनुमान



सोल (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनले भियतनामको राजधानी हनोइमा सम्भवत १९५०–५३ कोरियाली युद्धको औपचारिक समाप्तीको घोषणा गर्ने बताइएको छ । यसअघि दक्षिण कोरिायले दुई नेता एक सम्झौतामा सहमत भएको जनाएको थियो ।

चीनको समर्थन पाएका साम्यवादी उत्तर कोरिया तथा अमेरिका समर्थित दक्षिण कोरियाबीच विनाशकारी संघर्ष, शान्ति सन्धी बिना नै युद्ध विराममा अन्त्य भएको थियो । त्यसैले उत्तर कोरिया र अमेरिका प्राविधिक रुपमा अहिलेसम्म युद्धरत रहेको मानिन्छ ।

दक्षिण कोरियाको राष्ट्रपति भवन ब्ल्यु हाउसका प्रवक्ता किम ईयु क्योमले पत्रकारहरुलाई भने– मलाई के लाग्छ भने, यसतो सम्भावना बन्न सक्छ । ‘ दक्षिण कोरियका राष्ट्रपति मुन जेई इनले अक्टोबरमा कस्तो घोषणा हुन्छ भन्ने जानकारी आफुलाई नभएपनि अमेरिका र उत्तर कोरिया कुनै एक सम्झौतानम पुग्न सक्छ भन्ने आफुलाई लागेको बताएका थिए ।

दुई देशबीचको संघर्ष समाप्तीको घोषणा समयको कुरा मात्र भएको उनले बताएका थिए । यसअघि उत्तर कोरियामा अमेरिकाका विशेष दुत स्टिफन बाइगनले यसै महिनाको शुरुमा ट्रम्प ‘यो लडाई अन्त्य गर्न तयार ‘ रहेको बताएका थिए । यसले कोरियाली युद्धको औपचारिक अन्त्यको घोषणा चाँदै हुन सक्ने अनुमानलाई बल पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्