एनआरएनलाई सामूहिक लगानी कोषमा आउन अर्थमन्त्रीको आग्रह



नेपाल समाचरपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपाली –एनआरएन) लाई सामँहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामँहिक लगानी कोषमार्फत लगानी गर्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री खतिवडाले नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै विमानस्थलमा भन्सार जाँचपासको अवस्था हाल सहज भएको दाबी गर्नुभयो । ठँलो मुलुकमा चेकजाँच हुँदाँ सामान्य मानिने भए पनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठँलो बनाइएको खतिवडाको भनाइ छ ।

विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङ फन्डको व्यवस्था भएको भन्दै सबै देशले पनि पुँजी खाता नियमन गर्ने व्यवस्था भएको र करको दर बढेको नभएर सुधार गरिएको स्पष्ट पार्नुभयो । इतिहासमै पहिलोपटक धेरै आर्थिक वृद्धि हुने सरकारले अपेक्षा गरेको भन्दै मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमअफ) को प्रतिवेदनले पनि त्यो संकेत देखाइसकेको बताउनुभयो । ‘वर्तमान सरकार ७ प्रतिशतभन्दा बढि आर्थिक वृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको छ । मुलुकको आर्थिक सँचकहरु राम्रा रहेको तथा वैदेशिक व्यापारघाटा मात्र रहेको छ, मँल्यवृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गर्दै वैदेशिक व्यापार समस्या अहिले सिर्जना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको बताउनुभयो । विकासका पँर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापारघाटा देखा परेको मन्त्री खतिवडाले बताउनुभयो ।

२९ र ३० मार्च २०१९ तारिखमा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन जानुभएको हो ।

सम्मेलनमा डा. खतिवडाले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पु¥याउने उद्देश्य छ । । बेलायतस्थित नेपाली राजदँतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्