कनिका कार्यक्रम



दुई तिहाईको सरकारले वर्षगाठ मनाउने निधो भएसी विशेष योजना अघि सार्ने भएछ । बेरोजगार युवालाई भत्ता दिने भएसी योजना चानेचुने हो त ? पीएम ओलीले आज बुधवार एक विशेष जमघटमा यस्तो घोषणा गर्ने भएसी कति युवाले राहत पाउने हुन् भनेर धरहराले चासो लियो ।

बेरोजगारको जमातले ढाकेको मुलुकमा यस्तो घोषणा हुने भएसी चासो नलिने को होला र ? भत्ता पाउने योग्यता भन्दा सत्ता निकटको क्षमताले यो योजनालाई प्रत्यक्ष प्रभाव पार्ने निधो छ । जो सत्ताको गुनगान गाउन लागिपर्छन् उनैलाई छरिन्छ बेरोजगार भत्ताको कनिका । आखिर राम्रालाई भन्दा हाम्रालाई पोस्ने मुलक न हो ।

कुरो अहिलेको मात्रै होइन, युवा स्वरोजगार कार्यक्रम पनि त कुनै बेला निकै चर्चामा थ्यो । त्यो कार्यक्रमले खैं कुन–कुन पार्टीका कार्यकर्तालाई राम्रै मलजल गरेको खवर सहर बजारमा अझै सेलाउन पा छैन । त्यसैले देउवा, पौडेल र उनका आसेपासेले ओलीले घोषणा गर्ने नयाँ कार्यक्रममा ¥याल नकाडेकै राम्रो ।

आफ्नै कार्यकर्ताले सरकारको आलोचना ग¥या त्यति सुहाउन्न क्यार । त्यसैले ओली सरकारले युवा भत्ताको नाममा कम्तिमा आफू निकटका अग्र्यानिक कार्यकर्ताको मुखमा बुझो लाउने प्रयास चाहिँ पक्कै गर्छ ।

प्रतिक्रिया दिनुहोस्