नेपाल पूर्वाधार विकास बैंकले पायो अनुमति



काठमाडौं, (नेस) पँर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापित नेपाल पँर्वाधार विकास बैंकले सञ्चालनको अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले बैंक सञ्चालनको अनुमति दिएको हो ।

सरकारको १० प्रतिशत र निजी क्षेत्रको ९० प्रतिशत शेयर पुँजी रहने गरी बैंकको चुक्ता पुँजी २० अर्ब रुपियाँ रहेको छ । करिब तीन दर्जन उद्योगी, व्यवसायी, पँर्वप्रशासकहरु संस्थापक शेयरधनी रहेको बैंकमा ४० प्रतिशत पुँजी सर्वसाधारणमा शेयर जारी गरी जुटाइने छ ।

बानेश्वरस्थित कृष्ण टावरमा कार्यालय स्थापना गरिएको बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल बैंकका पँर्व सीईओ अनिल ज्ञवालीलाई नियुक्त गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डे डेपुटी सीईओमा नियुक्त भएका छन् ।

क स्थापना गरिएको हो । बैंकले अनुमति पाइसकेपछि सम्भवत अर्को महिनादेखि सञ्चालनमा आउने छ । बैंक सञ्चालक समितिका अध्यक्ष रहेका पँर्वमुख्यसचिव डा. बिमल कोइरालाप्रति सरकार नकारात्मक हुँदा बैंकलाई सञ्चालन अनुमति दिन ढिलाइ हुँदै आएको थियो । कोइरालाले केही दिन अघि राजीनामा दिएपछि प्रक्रिया पुनः अगाडि बढेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्