सीतापाइलामा यामाहाको नयाँ शोरुम



काठमाडौं, (नेस)
एमएडब्लु इन्टरप्राइजेजले बिहीबार काठमाडौंको सीतापाइलामा ‘थ्री एस’सहितको नयाँ शोरुम शुरु गरेको छ । एमएडब्लु इन्टरप्राइजेजले पुरानो डिलर डी एन्ड डी अटोलिंकमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउने जनाएको छ ।

नयाँ शोरुमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडाले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ शोरुम अत्याधुनिक, सुविधा सम्पन्न र ग्राहकमैत्री हुने बताउनुभयो । त्यस्तै डी एन्ड डी अटोलिंकका प्रबन्ध निर्देशक अमिर महर्जनले यामाहाप्रतिको विश्वासकै कारणले दोस्रो शोरुम शुरु गरेको बताउनुभयो ।

स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन् भने मोटरसाइकलमा आर ३, एफजी २५, फेजर२५, आर १५ भी ३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्