हिमपातले गाउँपालिका केन्द्र पुग्न असहज

0
Shares

बैतडी, (नेस)। माघ तेस्रो साता भएको भारी हिमपातले सिगास गाउँपालिकाको जनजीवन हालसम्म पनि प्रभावित बनेको छ। १० दिनसम्म पनि हिउँ जमेकाले गाउँपालिका केन्द्र पुग्नसमेत अप्ठ्यारो हुने गरेको छ।

सिगास गाउँपालिकाको वडा नं १ र २ नं वडाका नागरिकलाई गाउँपालिकासम्म पुग्न हिमपातले असहज हुने गरेको सिगास २ का गोविन्द धामीले बताए। बेडल्धुरा, गुदगुदे, सिगास धुरा क्षेत्रमा अझैसम्म पनि हिउँ नपग्लेकोले गाउँपालिका केन्द्र गर्जे जाने समस्या हुने गरेको उनले बताए। उक्त क्षेत्रमा अझै पनि २ फिटसम्म पनि हिउँ जमेको बताइएको छ।

Skip This