वडाभरिका १ सय ३२ जना जेष्ठ नागरिक सम्मानित

0
Shares

नेपाल समाचारपत्र, डोटी
जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ ले आफ्नो वडा भित्र रहेका ७० वर्ष भन्दा माथिका १ सय ३२ जना जेष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका विच सम्मान गरेको छ ।

वडा कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रमले ७० वर्षीय तारादेबी साउद देखी ९७ वर्षीय भागा देबी साउद सम्मका जेष्ठ नागरिक सम्मानित भएका वडा कार्यालयले जनाएको छ । आमा बुवाहरुको मान सम्मान र कदर स्वरुप भएपनी सम्मान गर्दा नयाँ कार्यको सुरुवात गरेको वडा नम्बर ३ निवासी समाजसेवी विष्णुबहादुर माझीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्याललले सबैको भावना अनुरुप उदाहणीय कामको सुरुवात गरेको छ, यस कामले निरन्तरता पावस ।” आफुहरुलाई वडा कार्यालयले सम्मान गरेपछि सो वडाका सबै जेष्ठ नागरीक खुसि भएका छन् । उनिहरु भन्छन्, “घरकाले नसम्झेपनि वडा कार्यालयले त सम्झयो यसैमा खुसि छौँ ।”

जेष्ठ नागरिक भनेका भगवान हुन हामी सबैले सधै कदर गर्नुपर्ने बताउदै कार्यक्रमका प्रमुख अथिति तथा दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख शिवराज खड्काले भन्नुभयो, “बृद्ध बृद्धा भगवानहुन,सबैले उहाँहरुको सम्मान गर्नुपर्छ, त्यसमा मेरो पनि पुर्ण सहयोग र समर्थन हुनेछ ।” देश संघीयतामा गईसकेपनी सबै वर्ग लिंग जानजातीका आ आफ्नै अधिकार छन् ।

त्यसमा जेष्ठ नागरिकका अधिकारहरुलाई कार्यान्वयन गर्न नयाँ कार्यको सुरुवाती गरेको कार्यक्रमका सभाध्यक्ष समेत रहेका वडा नम्बर ३ का वडाअध्यक्ष चक्रबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “जेष्ठ नागरिक भनेका हाम्रो समाज परिर्वनका मुख्य आधार हुन परिपक्कता र अनुभवले भरपुर्ण व्यक्तिले हामीलाई महत्वपुर्ण सुझाब सल्लाहा र मार्गनिर्देशन गर्न सक्छन ।” वडा परिषदले जेष्ठ नागरिकहरुका लागि भनेर १ लाख पचाँस हजार बजेट विनियोजित गरेको थियो ।

सोही बजेटबाट जेष्ठ नागरिकहरुलाई चिसोमा प्रयोग गर्ने बाक्लो सल, नगद दुई सय रुपयाँ सहित सम्मान गरेको थियो । कार्यक्रममा जेष्ठ नागरिक, समाजसेवी, पत्रकार, नागरिक समाज, राजनितिक दल लगाएको सहभागिता रहेको थियो ।

Skip This