स्थानीय तहलाई सूचना मैत्री र पारदर्शी बनाइने

0
Shares

पाल्पा, (नेस)
स्थानीय तहहरू सूचनामैत्री र पारदर्शी बन्नुपर्ने आवाज जनमानसबाट उठिरहेका बेला पाल्पामा यसको अभ्यास हुन थालेको छ। जिल्लामा यसअघि तानसेन नगरपालिका र माथागढी गाउँपालिकाले मोबाइल एप सञ्चालनमा ल्याइसकेका छन् भने पछिल्लोपटक अर्को गाउँपालिकाले पनि यस्तो अभ्यास शुरु गरेको छ।

गाउँपालिकाबाट हुने हरेक गतिविधिहरूका विषयमा सेवाग्राहीहरूलाई जानकारी दिन र सूचनामैत्री रूपमा गाउँपालिकाका क्रियाकलाप सञ्चालन गर्न पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकाले मोबाइल एप शुरूआत गरेको हो।

रिब्दीकोट गाउँपालिकाले सेवाप्रवाहलाई सूचनामैत्री र पारदर्शी बनाउन मोबाइल एप सञ्चालनमा ल्याएको जनाएको छ। मोबाइल एपको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले सुभारम्भ गरेका छन्।

एपको सुभारम्भ गर्दै अध्यक्ष जीसीले गाउँपालिकाबाट हुने हरेक गतिविधिहरूका विषयमा सेवाग्राहीहरूलाई जानकारी दिन मोबाइल एप सञ्चालनमा ल्याइएको बताए। उनले सेवाग्राहीमा सूचनाको हक सुनिश्चित गर्नुको साथै गाउँपालिकाले सञ्चालन गरेका विकास निमार्णका कामहरू पारदर्शी बनाउन मोबाइल एपले महŒवपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। अध्यक्ष जीसीले अब गाउँपालिकाले प्रविधिको प्रयोगसँगै सेवाग्राहीमा छिटो र सहज रूपमा सूचना प्रवाह गर्ने बताए।

Skip This