रंगशाला स्तरोन्नतिका लागि महायज्ञ

0
Shares

काठमाडौंँ ।
गोलढुंगा खेलकुद समाजले खेलकुद रंगशाला स्तरोन्नतिको सहयोगार्थका लागि आगामी फागुन ४ गतेदेखि १० गतेसम्म काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुं्गामा रहेको खेलकुद रंगशालाको स्तर उन्नतिका लागि आयोजना गर्न लागिएको हो । मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ आयोजक समितिले उक्त रंगशालाको स्तरोन्नतिका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष राजेन्द्र अर्यालले गोलढुंगा रहेको उक्त फुटवल रंगशाला प्रकृतिक रुपमा नै प्याराफिट सहितको रहेको र सरकारले अलिकति आँखा लगाए मात्र पनि अन्तराष्ट्रिय स्तरको फुटवल रङगशाला बन्ने दावी गर्नुभयो । समाजका संस्थापक अध्यक्ष स्वर्गीय सुदर्शन आचार्यको सम्मानको लागि पनि रङ्गशाला निमार्ण अपरिहार्य भएको आयोजकले जनाएको छ ।

महायज्ञबाट रंगशालाको न्यूनतम पूर्वाधार निर्माणका लागि २ करोड रुपैयाँ संकलन गर्ने उद्येश्य रहेको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै श्रीमद्भागवत महायज्ञका प्रमुख वाचक पण्डित दिनबन्दु पोखरेलले हालसम्म आफूले सामाजिक कामको लागि ६ सय भन्दा बढी भागवत बाचन गरेको बताउँदै खेलकुदको विकासका लागि भने आफ्नो यो पहिलो महायज्ञ भएको बताउनुभयो । आध्यात्मिक माध्ययमबाट समाजमा जागरण ल्याई वेद र बुद्धका गहन वाणीमार्फत समाज रुपान्तरणका लागि यस्ता महायज्ञ फलदायी हुने पण्डित पोखरेलले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले तयारी अवस्थामा रहेको यस रङ्गशालाको स्तर उन्नतिका लागि सरकारले खासै ध्यान नदिएको बताउनुभयो । ‘सरकारले उक्त रङ्गशालामा थोरै ध्यान दिए मात्र पनि यो रङ्गशाला अन्तराष्ट्रिय स्तरको तालिम केन्द्रको रुपमा विस्तार गर्न सकिन्छ’ सांसद मानन्धरले भन्नुभयो ‘सबैको सहभागिता हुने हो भने यो रंगशाला गोलढुंगाको मात्र नभएर अन्तर्राष्ट्रिय स्तरकै उदाहरणीय बन्न सक्नेछ ।’

Skip This