सडक दुर्घटना परि जापानमा एक नेपाली युवकको मृत्यु


राजबिन थापा, टोकियो।
जापानको साईतामा केनमा सडक दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु भएको छ ।

सोमवार राति जापानको साईतामा केनमा वाटो क्रस गर्ने क्रममा माईकल गौचनको मृत्यु भएको हो ।

ग्रीग इन्टरनेशनल कजेल योकोहामावाट सेन्मोन सकेर साईतामाको एक जापानी कम्पनीमा काम गर्दै आएका गौचनको सडक क्रस गर्ने क्रममा मृत्यु भएको जनाएको छ ।

म्याग्दी घर भई काठमाडौं बसोवास रहेको चौचनको गत वर्ष विवाह गरेर आएका थिए । मृतक गौचनको श्रीमति र स(परिवार नेपालमै छन् ।
साईकलमा सवार गौचनको वाटो क्रस गर्ने क्रममा मृत्यु भएको नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीले जानकारी दिनुभयो ।
घटना के कसरी भयो भन्ने वारे डिटेल नआए पनि सडकको छेउमा साईकल रोकेर वाटो क्रस गर्ने ठाउँमा गाडीले ठक्कर दिई मृत्यु भएको बताएको छ ।

यस वारेमा नेपाली दुतावास टोकियोमा यो सममचार बनाउँदासम्म कुनै खवर नआएको उप(नियोग प्रमुख कृष्णचन्द्र अर्यालले बताउनु भयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।