कुम्भ मेलामा दशौं लाख भक्तजन



 

नयाँदिल्ली,(एजेन्सी)
भारतको कुम्भ मेलामा आइतवार दशौं लाख भक्तजनले पवित्र स्नान गरेका छन् । तिनीहरुले गँगा र यमुना नदीको दोभानमा स्नान गरेका हुन् ।
संसारकै सबैभन्दा ठूला संख्यामा मानिसहरुको भेला रहने कार्यक्रमको छ दिन मध्येको सोमवारको स्नान सबैभन्दा बढि महत्वुपुर्ण रहेको बताइएको छ ।

हिन्दुहरु नदीमा स्नान गर्दा आफुहरु पाप मुक्त भइने र मोक्ष प्राप्त हुने विश्वास गर्दछन् । तिनीहरु यसरी स्नान गर्दा जन्म र मृतयुको चक्रबाट मुक्त हुने विश्वास गर्दछन् ।

शताब्दिऔं देखि भारतको उत्तरी राज्य उत्तर प्रदेशको अल्लाहवाद शहर ( हालको नाम प्रयागराज ) मा यो कुम्भमेला लाग्ने गर्दछ । विगत दुई दशक देखि यस मेलालाई बृहत ढंगले आयोजना गरिँदै आएको छ ।

विविसिका पत्रकार विकास पान्डेले सो मेलामा सहभागि हुन राष्ट्रका सम्पुर्ण भागका मानिसहरु आएको मेला स्थल जाने सडकहरुमा मानव सागर उर्लेको जस्ते दृश्य देखिएको बताएकाछन् । तिनीहरुले मध्यरातमा ‘ हरहर गँगे ’ भन्दै स्नान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्