एल साल्भाडोरमा नयाँ राष्ट्रपतिमा बुकेले



सान साल्भाडोर, (एजेन्सी)
भष्ट्राचार विरुद्धका उम्मेदवार नायिव बुकेलेले एल साल्भाडोरको राष्ट्रपतिय चुनावमा आइतवार सफलता हासिल गरेका गरेका छन् । अधिकांश मतगणना भइसक्दा सम्म राजधानी सान साल्भाडोरका पुर्व मेयर बुकेलेले खसेको कूल मतको झण्डै ५३ प्रतिशत मत हालि गर्न सफल भएको निर्वाचन आयोगले जनाएको छ । उनको निकतटम प्रतिद्वन्द्वि कन्जरभेटिभ कार्लोस काल्लेजाले ३२ प्रतिशत मत हासिल गरेको बताइएको छ ।

३७ वर्षिय बुकेलेले वैधानिकता पाउन ५० प्रतिशत भन्दा बढि मत ल्याउनु पर्दथ्यो । पेशाले व्यापारी नवनिर्वाचित राष्ट्रपति बुकेलेले भ्रष्टाचार र आपराधिक समुहहरु विरुद्ध लड्ने प्रतिवद्धता जनाएका छन् ।

एल साल्भाडोर विश्वम ैसबैभन्दा बढि संख्यामा हिँसा र हत्या हुने मुुुलुकको रुपमा बदनाम रहेका ेछ । विगत तीन दशक भन्दा लामो समयदेखि एल साल्भाडोरको राजनीतिक क्षेत्र प्रमुख दुई पार्टी वामपन्थी एफएमएलएन र कन्जेभेटिभ एरेनाको वर्चश्व रहँदै आएको छ । उनको विजयलाई काल्लेजा र एफएमएलएनका उम्मेदवार ह्युगो मार्टिनेजले स्विकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्