गुप्तचर निकायको निष्कर्षमा सधैँ सहमत हुन सक्दिन: ट्रम्प



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले आफना गुप्तचर अधिकारीहरुको निष्कर्षमा सधैँ सहमत हुन नसक्ने बताएका छन् । यसअघि अमेरिकी गुप्तचर एजेन्सीले इरान र इराकका विषयमा दिएको प्रतिवेदनको निष्कर्षलाई उनले अस्विकार गरेका थिए । यस मुद्दालाई लिएर गत हप्ता नै ट्रम्पले देशको गुप्तचर निकायका प्रमुखहरुमाथि कडा प्रहार गरेका थिए ।

कांग्रेसको बहसमा अन्तराष्ट्रिय खतरा मामिलामा राष्ट्रिय गुप्तचर एजेन्सी र सीआईए तथा एफबीआईका अधिकारीहरुको बयानलाई उनले उपहास गरेका थिए । इरान, उत्तर कोरिया र आईएसआईएसलाई लिएर पनि राष्ट्रपतिको राय खुफिया अधिकारीहरुको निष्कर्षको उल्टा थियो ।

कांग्रेसमा छलफलका क्रममा नेसनल इन्टेलिजेन्सका निर्देशक डेन कोट्स, सीआईएका निर्देशक जिना हास्पेल तथा अन्य वरिष्ठ सुरक्षा अधिकारीहरुले सांसदहरुलाई सन् २०१५ को परमाणु सम्झौता इरानका लागि स्थायी भएको बताएका थिए ।

ट्रम्पले इरानसँगको परमाणु सम्झौता स्थायी भएको गुप्तचर अधिकारीहरुको निष्कर्षसँग सहमत नभएको बताएका थिए । इरान आफनो परमाणु हतियार कार्यक्रम अगाडी बढाइरहेको उनले दावी गरे । इराकको मामिलामा राष्ट्रिय सुरक्षा सल्लाहकारको मिथ्या आंकलनका कारण अमेरिका युद्धमा होमिएको बताउँदै त्यसतो हुन नहुने ट्रम्पले बताए ।

ट्रम्पले सीबीसी न्युजसँगको एक साक्षात्कारमा भने– गुप्तचर संयन्त्रका अधिकारी हुन् तर यसको अर्थ म सधैँ उनीहरुसँग सहमत हुनपर्छ भन्ने छैन, जसले सद्दाम हुसेनसँँग परमाणु हतियार छ भनेका थिए । गुप्तचर निकायका ती अधिकारीहरुलाई थाहा छैन, जुन गडबडी उनीहरुले गरे, त्यसले युद्धमा हामीलाई फसाए, त्यसमा हामी विल्कुल जान हुन्नथ्यो ।

बुस प्रसासनका समयमा गुप्तचर निकायको प्रतिवेदनका कारण अमेरिकाले पश्चिम एसियामा ७० खर्ब अमेरिकी डलर खर्च गरेको मात्र नभइ हजारौंले ज्यान गुमाएको अमेरिकी राष्टपतिले बताए । इरान परमाणु सम्झौताको पालना गरिरहेको छ भन्ने जासुसी निकायका अधिकारीहरुको आंकलनमा आफु सहमत नभएकोमा जोड दिँदै उसले परमाणु कार्यक्रम अगाडी बढाइरहेको ट्रम्पले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्