फार्कका लडाकु नेता सेनाद्वारा मारिए



बोगोटा,(एजेन्सी)
कोलम्वियाली सेनाले आइतवार शान्ति प्रक्रियासंग आवद्ध रहन अस्विकार गर्ने फार्क लडाकु समुहका एकजना नेताको गोली हानी हत्या गरेको दावी गरेको छ । कोलम्वियाको दक्षिणी काक्वेटा क्षेत्रमा गरिएको एक सुरक्षा कारवाहीको दौरान ५२ वर्षिय नेता रोड्रिगो काडेटे लगायत अन्य नौ जना लडाकु पनि मारिएको सुरक्षा सुत्रले पुष्टि गरेको छ ।

कोलम्वियाली रक्षा मन्त्री गिल्लेर्मो बोटेराले काडेटेले हाल सम्म हतियार बुझाइ नसकेका फार्कका करिव एक हजार सात सय सदस्यलाई एकिकृत गर्ने प्रयास गरिरहेको जानकारी दिएका छन् । तिनीहरु मध्ये अधिकांश हाल सम्म पनि सरकार विरुद्ध संघर्षरत अन्य शसस्त्र समुहहरु रहेका विकट जँगली क्षेत्रहरुमा सक्रिय रहेको बताइएको छ ।

अत्यधिक ठूला संख्यामा फार्कका सदस्यहरुले दशकौं लामो हिँसात्मक संघर्ष अन्तय गर्ने उद्देश्यले सन् २०१६ मा हस्ताक्षर भएर शान्ति सम्झौतालाई सम्मान गरिरहेका छन् ।

काडेटेले क्युवाको राजधानी हवानामा भएको चार वर्ष लामो शान्तिवार्तामा सहभागिता जनाएपनि सो सम्झौतालाई अस्विकार गरेका थिए । सरकारलाई अपदस्थ गरी माक्र्सवादी सरकारको स्थापना गर्ने उद्देश्यले सन् १९६४ मा फार्कको गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्