काश्मिर नेता वार्ता विवाद: भारतको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने मनसाय छैन- कुरैसी



लाहौर (एजेन्सी)
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने इस्लामाबादको कुनै मनसाय नभएको बताएका छन् ।
काश्मिरका पृथक्तावादी नेता मिरवाइज उमर फारुकले टेलिफोनमा भएको उनको वार्तालाई नयाँ दिल्ली मुद्दा बनाउन नहुने उनले बताए ।

भारतले बुधबार पाकिस्तानका उच्चायुक्त सोहेल मुहमुदलाई बोलाइएको थियो । उनलाई कुरैसीद्वारा फोनमा भएको वार्ताले भारतको एकतालाई तोड्ने लज्जास्पद प्रयास भएको र यो उसको सम्प्रभुता तथा क्षेत्रिय अखन्डताको उलंघन गरेको सुचित गरिएको थियो ।

विदेश सचिव विजय गोखले महमुदलाई सचेत गर्दै यस प्रकारको ब्यवहारले प्रभाव पार्ने बताए । मुल्तानमा शनिबार सन्चार माध्यमसँगको कुराकानीमा कुरैसीले पाकिस्तान भारतका आन्तरिक मामिलमा हस्तक्षेप गर्ने कुनै मनसाय नभएको बताउँदै नयाँ दिल्लीले आफनो समस्यामा इस्लामाबादलाई जिम्मेवार ठहर्याउन बन्द गर्नु पर्ने बताए ।


हुर्रियत नेता मिरवाइजसँग वार्ता गरेको स्विकार्दै भारतले यसलाई मुद्दा बनाउन नहुने उनले बताए । कुरैसीलाई उदृत गर्दै द एक्सप्रेस ट्रिब्युनले लेखेको छ, ‘हामी वार्ताको माध्यमबाट काश्मिर विवादको हल गर्न चाहन्छौं , तर भारत अनावश्यक हंगामा गरिरहेको छ । ‘

भारतमा मुद्दा उत्थान भइरहेको तर पाकिस्तानको त्यसमा कुनै भुमिका नभएको उनले बताए । यसै हप्ता लन्डनको हाउस अफ कमन्समा एक कार्यक्रममा काश्मिर मुद्दामा पाकिस्तानले आफनो विचार राख्ने कुरैसीले बताए । भारतमा चुनाव आन्तरिक मामिलाहो र नयाँ सरकार पाकिस्तानसँग काम गर्न चाहन्छ भने उसँग वार्ता गर्न प्रयास गर्नेछ, पाकिस्तानका विदेश मन्त्रीले बताए ।
भारतले पाकिस्तानलाई स्पष्ट शब्दमा वार्ता र आतंकवाद सँगसँगै जान नसक्ने बताएको छ । वर्तमान सरकारको सफल कुटनितिका कारण कयौं देशसँग पाकिस्तानको सम्बन्ध सुधार भएको कुरैसीले बताए ।

साउदी अरेबियाका युवराजले यसैमहिना पाकिस्तानको भ्रमण गर्ने पनि उनले जानकारी दिए । उनको यात्राका क्रममा नयाँ सम्झौतानमा हस्ताक्षर हुने कुरैसीले बताए ।

नयाँदिल्लीमा विदेश मन्त्रालयले सम्पुर्ण जम्मु काश्मीर भारतको अभिन्न हिस्सा भएको र सँधै रहने उल्लेख गर्दै पाकिस्तानलाई जम्मु काश्मिरसँग सम्बन्धित कुनै पनि मामिलामा हस्तक्षेप गर्ने कुनै अधिकार नभएको जनएको छ । उक्त कुरा पाकिस्तानका उच्चायुक्त समक्ष प्रष्ट रुपमा राखेको जनाइएको छ ।

यसैबीच भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको काश्मिर भ्रमणलाई ध्यानमा राखि पृथक्तावादी नेता मिरवाइज उमर फारुकलाई नजरबन्दमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्