१ सय २७ जना चोर प्रहरी नियन्त्रणमा

0
Shares

काठमाडाैँ, (नेस)
काठमाडौंका विभिन्न स्थानमा भएका चोरी घटनामा संलग्न १ सय २७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं तथा महानगरीय अपराध अनुसन्धान महाशाखाद्वारा संयुक्तरूपमा चोरीसम्बन्धी योजना बनाई गत पुस १५ गते विशेष अभियान सञ्चालन गरी चोरी कार्यमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरिएको सो परिसरले जनाएको छ।

पक्राउ परेकामध्ये २४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको, २० जना धरौटीमा छुटेका र ८३ जना विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Skip This