भेनेजुयलाका विपक्षी नेता गुआइदोद्वारा प्रदर्शन आह्वान



काराकास, (एजेन्सी)
भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुआइदोले आफ्ना दशौं हजार समर्थकहरूलाई राष्ट्रव्यापि रूपमा विरोध प्रदर्शनको आयोजना गर्न शनिबार आह्वान गरेका छन्। सो प्रदर्शनको प्रमुख उद्देश्य राष्ट्रपति निकोलस माडुरोलाई राजिनामा दिन र मद्यावधि राष्ट्रपतीय चुनाव आह्वान गराउन दबाब दिनुरहेको छ।

गुआइदोले गत महिना स्वयम्ले आफूलाई राष्ट्रपति घोषित गरेका थिए। उनको सो कदमलाई अमेरिकालगायत थुप्रै ल्याटिन अमेरिकी मुलुकहरूले तत्कालै मान्यता प्रदान गरेका थिएनन्।
तर रसिया र चीनले भने माडुरोलाई समर्थन गर्दै आएका छन्। यसैबीच युुरोपेली संघ ९ईयु०ले माडुरोलाई नयाँ चुनाव घोषणाका लागि आइतबारसम्मको समयावधि दिएको छ। ईयूले आफूले दिएको अल्टिमेटम सकिना साथ गुआइदोलाई नै भेनेजुयलाको अन्तिरिम राष्ट्रपति मान्ने चेतावनी दिएको थियो।

माडुरो सत्तामा टिकिरहन सक्नुको पछाडि सेनाको समर्थन नै रहेको अनुमान गरिएको छ। यता गुआइदोले माडुरोलाई अपदस्थ गर्न समर्थन जित्ने उद्देश्यले आफूले सेनासँग गोप्य बैठकहरू बसेको जानकारी दिएका छन्।

साथै उनले सम्बन्ध सुधार्ने विचारले चीनसँग पनि सम्पर्क गरिरहेका छन्। शनिबार साउथ चाइना मर्निङ पोस्टमा प्रकासित टिप्पणीमा गुआइदाले आफूले चीनसँग उत्पादनशील र आपसी फाइदाजनक सम्बन्ध चाहेको तथा चीनसंग यथाशिघ्र वार्ताका लागि आफू तयार रहेको बताएका छन्।

शनिबार राति मुडुराले आफू अघिका राष्ट्रपति समाजवादी तथा पूर्वसैनिक कर्णेल ह्युगो चाभेजको सम्मानमा आयोजना हुने ¥यालीमा भाग लिने कार्यक्रम रहेको छ। यसै साताको शुरूमा भेनेजुयलाको सेन्ट्रल युनिभर्सिटीमा भाषण दिने क्रममा गुआइदाले राष्ट्रपति माडुरोले सत्ता हस्तान्तरण गर्न अस्विकार गरेकाले जनतालाई दबाब दिन सडकमा ओर्लन आह्वान गरेका थिए।

यसैबीच भेनेजुयलाका विपक्षी नेता हुवाँ गुआइदोले राष्ट्रपति निकोलास माडुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताएका छन्।३५ वर्र्षीय नेता गुआइदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताएका छन्।

प्रहरीको विशेष टोलीले विपक्षी नेता गुआइदोको घरमा गएर उनकी पत्नीसँग खोजनीति गरेको बताइएको छ। गुआइदोले काराकास विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला प्रहरी टोलीले उनकी पत्नी फाबियाना रोजालेससँग सोधखोज गरेको हो।

प्रतिक्रिया दिनुहोस्