विमल विष्ट, डोटी ।
अत्तरीया स्याउले जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तरगत पर्ने डोटीको जोरायल गाउँपालिका २ रुपसकाँडामा शुक्रवार राती १२ बजे लु १ च २५०८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले दिनुभएको जानकारी अनुसार जीप दुघटनामा परी भारतको बरेली घर भएका अन्दाजी अमेर ४०÷४२ का बब्लु को मृत्यू भएको हो । त्यस्तै उक्त दुघटनामापरी डोटीको केआईसिंह गाउँपालिका ५ रानागाउँ बस्ने वर्ष १९ का शंकर राणा र जीप चालक अन्दाजी ४५÷५० वर्षीया शुवास प्रजापती घाईते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि कैलाली तर्फ पठाईएको प्रहरीले जनाएको छ । जीप सडक बाट करिब एक÷दुई सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख थापाले जानकारी दिनुभयो । रातीको समय र चिप्लो बाटो भएका कारण दुघटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।











प्रतिक्रिया