ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र



नेपाल समाचारपत्र, बुटवल
रूपन्देही उद्योग संघले बैंकहरूले उद्योगधन्दा नै बन्द हुने गरी ऋणको ब्याज बढाएको भन्दै त्यसको विरोध गरेको छ। बैंकहरूले तरलता अभावका नाममा ब्याजदर वृद्धि गरेर अप्ठ्यारोमा पारेको भन्दै संघले नेपाल राष्ट्र बैकका गर्भनर डा। चिरञ्जीवी नेपाललाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष गणेशप्रसाद अधिकारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंक भैरहवा शाखा व्यवस्थापक अशोक पौडेलमार्फत बुझाएको ज्ञापनपत्रमा ऋण लिने समयमा भएको सम्झौताविपरित उद्योगीलाई ब्याज बढेको पत्र पठाउने तथा असुल्ने गरेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरिएको छ।

ज्ञापनपत्रमा राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तर ९स्प्रेड दर० को सीमासमेत नाघ्ने गरी बंैकहरूले कर्जाको ब्याजदर वृद्धि गरेका छन्। ब्याजदर वृद्धिको समस्या हल गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग आग्रहसमेत गरिएको छ।

आर्थिक विकास र समृद्धिका आधार पूरा गर्न वित्तीय व्यवस्थापन एउटा महत्वपूर्ण पाटो भन्दै संघले वित्तीय क्षेत्रले लगानीका लागि आवश्यक पुँजी संकलन, सञ्चय र कर्जा उपलब्ध नगराएसम्म आधुनिक अर्थतन्त्र निर्माण हुन सक्दैन तर बैंक वित्तीय क्षेत्रको गतिविधि उद्योगमैत्री, लगानीमैत्री तथा आर्थिक समृद्धिमैत्री हुन नसकेको जनाइएको छ।

ज्ञापनपत्र बुझाउदै संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले बैंकहरूले हचुवाको भरमा ब्याजदर बढाउँदा उद्योगधन्दामा प्रत्यक्ष असर परेको भन्दै बैंकहरूले नेपाल राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तर ९स्प्रेड दर० को सीमासमेत नाघ्ने गरी कर्जाको ब्याजदर वृद्धि गरेको हँुदा समस्या हल गर्न राष्ट्र बैंकसँग आग्रह गर्नुभयो।

सो अवसरमा बैकका व्यवस्थापक अशोक कुमार पौडेलले संघले उठाएका कुरालाई राष्ट्र बैकको केन्द्रीय कार्यालयमा जानकारी गराउने र समस्यालाई हल गर्न पहल गर्ने धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्