अमेरिकी कलाकारमाथि जातीय भावनाले आक्रमण



वासिंगटन, (एजेन्सी)
अमेरिकाको एकजना कलाकारलाई घृणाको कारण आक्रमण गरेको आशंकामा अनुसन्धानरत प्रहरीले दुईजना आशंकित व्यक्तिको तस्वीर सार्वजनिक गरेको छ। एम्पायर नामक टेलिभिजन कार्यक्रमका लागि निकै लोकप्रिय कलाकार जस्सी स्मोल्लेटमाथि यसै साताको शुरुमा अमेरिकाको शिकागोमा अचानक दुईजना अपरिचित व्यक्तिले आक्रमण गरेका थिए।

सो आक्रमणको दौरान कुटपिटपछि उनको शरीरमा अज्ञात रसायनिक पदार्थ छ्यापिनुका साथै उनको घाँटीमा डोरी बाँधिएको थियो। तिनीहरूले चिच्याउँदै जातीय र राष्ट्रवादी नारा लगाएको स्मोल्लेटले बताएका छन्।तिनीहरूले पटक–पटक ‘अमेरिकालाई फेरि शक्तिशाली बनाऔं ’ ९मेक अमेरिका ग्रेट अगेन ० भन्ने नारा लगाएका थिए। शिकागो प्रहरीले सो आक्रमणको सेर्भेलियन्स भिडियो फेला नपरेको बताएको छ।

एकजना महिला प्रहरी प्रवक्ताले ट्विट गर्दै प्रहरीले यस घटनालाई निकै गम्भीर ढंगले अनुसन्धान गरिरहेको बताएकी छिन्। आक्रमणबाट घाइते भएका जस्सीलाई अन्य सेलेब्रिटीहरू एरियाना ग्रान्डे, भायोला डेविस, नाओमी क्याम्पवेल र जेनेल्ले मोनाएले सहानुभूति सन्देश पठाएका छन्। आक्रमण यता जस्सी आफैंले भने केही पनि सार्वजनिक रूपमा बोलेको छैन। तर उनको परिवारबाट जारी गरिएको एक विज्ञप्तिमा जस्सीमाथि घृणा आक्रमण भएको दावी गरिएको छ। अमेरिकी कमेडियन र प्रिजेन्टर स्टिभ हाभीले पनि यस आक्रमणको कडा शब्दमा आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्