आफ्नै कार चोरेको आरोप लागेकालाई क्षतिपूर्ति



शिकागो, (एजेनसी)
अमेरिकाको इलिनोइसमा प्रहरीले कार चोरेको आरोपमा गिरफ्तार गरेका एकजना व्यक्तिले अदालतको कारबाहीबाट मुक्ति पाएको प्रहरीले जनाएको छ। वास्तवमा उनले चोरी गएिको भन्ने कार उनकै रहेको रहस्य खुलेपछि उनी कानुनी झन्झटबाट मुक्त भएका हुन्।

सन् २०१५ मा यो घटना घटेकोबला २५ वर्ष उमेरका लरेन्स क्रोस्वी नर्थवेस्टर्न युनिभर्सिटीका पीएचडीका विद्यार्थी हुन्। आफ्नो कार बिग्रेर बाटोमा उनले आफैंले मर्मत गरिरहेको बेला एकजना महिलाले उनलाई चोर ठानेर प्रहरीलाई खबर गरिदिएकी थिइन्। सिकागोको इभान्स्टोन सिटी काउन्सिलले उनको यस घटना बारे आगामी साता अन्तिम सहमतिका लागि मतदान गर्ने भएको छ।

एकजना वकिलले उनलाई क्षतिपूर्तिबापत १२ लाख ५० हजार अमेरिकी डलर दिनुपर्न सक्ने बताएका छन्। डाक्टर क्रोस्वीको प्रतिनिधत्व गर्ने वकिल तिमोथी टुहीले सो अनुमानित रकम बारे शिकागो ट्रिब्युन अखबारलाई जानकारी गराएका हुन्।

अफ्रिकन अमेरिकी क्रोस्वीले सीबीएस शिकागोलाई आफूले यस घटनालाई जातीय आधारमा गरिने एकहोरो भेद्भावविरुद्ध सचेतना फैलाउने आशा लिएको बताएका छन्। टोहीले ती महिलाले उनलाई कार चोर्न लागेको शंका गरेर उनको घरसामुदेखि युनिभर्सिटीसम्म पछ्याएर प्रहरीलाई खबर गरेको बताएका छन्।

प्रहरीले तत्काल कारबाहिर निस्केर भँुइमा लेट्न दिएको आदेश नमान्दा उनलाई कम्तिमा दसपटक पिटिएको भिडियो सार्वजनिक भएको थियो। त्यतिबेला प्रहरीले घटनास्थलमै त्यो कार उनकै रहेको पत्ता लगाए पनि पक्राउको विरोध गरेको तथा आदेश नमानेको आरोपमा गिरफ्तार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्