मन्थली माविलाई पचास हजार

0
Shares

रामेछाप, (नेस)। धेरै विद्यार्थीहरू आफूले अध्ययन गरेको विद्यालयमा अध्ययन गरुञ्जेलसम्म मात्रै बस्छन्। अध्ययन सकेपछि थप उच्च शिक्षा हासिल गर्न या रोजगारीका लागि कुनै अर्को ठाउँमा जान्छन्। उनीहरूले आफूले अध्ययन गरेको विद्यालयलाई कहिल्यै पनि सम्झिदैनन्।

तर, मन्थली माध्यमिक विद्यालयमा कक्षा १ देखि स्नातक तहसम्मको अध्ययन गरेका मन्थली नगरपालिका वडा नम्बर १ का लक्ष्मण भुजेलले भने विद्यालयको पठनपाठनलाई सहयोग हुने गरी आर्थिक सहयोग गरेका छन्।