दैलेख, (नेस)
दैलेखको डु·ेश्वर गाउँपालिका वडा नं। १ बेलपाटाका स्कुले बालिकाहरूले सबै क्षेत्रमा आफूहरू सक्षम रहेको बताएका छन्। यहाँको त्रिवेणी संगम माध्यमिक विद्यालयमा अध्यननरत बालिकाहरूले सक्षम भएको बताएका हुन्। आज डु·ेश्वर गाउँपालिका वडा नं। १ बेलपाटाको आयोजना र बालिका बचाउ आत्मरक्षक अभियान, इन्सेक दैलेख र त्रिवेणी माविको समन्वयमा बालिका हिंसाविरुद्ध अन्तरसंवाद कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्।
अभियानका संयोजक सजना सुनारले बालबालिकाको भविष्यको लक्ष्य निर्धारण, यौनहिंसा तथा दुव्र्यवहार, बालविवाह तथा बालिकामाथि हुने हिंसा बारे जानकारी गराउनुभएको थियो। त्यस लगत्तै स्कुले बालिकाहरूले ‘हामी सक्षम छौं, म नायक हो, मेरो सपना छ, म गरिब होइन, म स्वतन्त्र छु जस्ता सन्देश दिए। यस्तै मसंग ताकत छ, म नेतृत्व गर्न सक्छु, म छोरी भएर जन्मनुभन्दा पहिला एक मानव हुँ भन्दै आफू जुनसुकै विषयमा सक्षम भएको बताए।
बालिकाहरूलाई अभियानकी संयोजक सुनारले भविष्यको लक्ष्य लिन र सपना देख्न किन जरुरी छ, सपनाले मान्छेलाई कसरी प्रगतिको बाटोमा डो¥याउँछ, सपना र लक्ष्य कसरी तय गर्ने बारे बालिकाहरूलाई जानकारी गराएकी थिइन्। शुरुमा तपाईंले सपना देख्नुभएको छ कि छैन, भविष्यको केही लक्ष लिनुभएको छ रु भनेर सोध्यौं तर उहाँहरू बोल्नसमेत लजाउनुभयो, अभियानकी संयोजक सुनारले भन्नुभयो।
बालिकाहरू जन्मदै असक्षम होइनन्, उनीहरू हरेक क्षेत्रमा सक्षम छन्, बालिकाहरू पनि नेतृत्व लिन सक्छन् भन्ने विषयमा अभिमुखीकरणपछि उनीहरूले एकै स्वरमा खुलेरै आफूहरू सक्षम भएको बताएका हुन्। स्कुले बालिकाहरूले आफ्नो रुची र क्षमताअनुसार भविष्यको लक्ष्य योजना र योजना कार्यान्वयन प्रतिवद्धता जनाएका छन्। संयोजक सुनारले यौनजन्य हिंसा तथा दुव्र्यवहार, बालविवाहलगायतका सामाजिक समस्यासंग प्रतिरोध गर्ने, तार्किक क्षमतासंगै आफैंभित्रका सकारात्मक सोचलाई बढावा दिनुपर्ने बताउनुभयो।











प्रतिक्रिया