शवको पोष्टमार्टम भएन

0
Shares

डोटी, (नेस)
जिल्लाको पुर्विचौकी गाउँपालिका काडामाण्डौ ५ की २१ वर्षीया पार्वति वोगटीको ज्यान गयो । छाउ भएको बेला आफु सुतेको कोठामा मृतक बोगटीले बालेको आगोका कारण निसासियर ज्यान गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी तथा प्रबक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।

बोगटीको सव पोष्टमार्टमका लागि बिहिवार राती नै जिल्ला अस्पताल डोटीमा पु¥याएपनि डाक्टर नहुँदा उहाँको सवको जिल्ला अस्पतालमा पोष्टमाटम हुन सकेन् । उहाँको सव डडेल्धुरा स्थित उप क्षेत्रीय अस्पतालमा लगेर पोष्टमाटम गरीयो । त्यस्तै जिल्ला अस्पतालमा डाक्टर नहुँदा अन्य बिरामीले समेत सेवा पाउन सकेका छैनन् । जिल्ला अस्पताल डोटीमा ३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर अहिले एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । जिल्लामा भएका डाक्रहरु सबै काठमाण्डौ तालिममा गएपछि जिल्ला अस्पताल विशेषज्ञ डाक्टर बिहिन भएको छ ।

जिल्लामा डाक्टर नभएपछि जोरायल प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर शुसिल शर्मालाई जिल्ला झिकाईएको छ । आफु एमबिबिएस डाक्टर भएपनि पोष्टमाटम गर्नका लागि स्किृती नपाएको डाक्टर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पढ्ने बेलामा सामान्य मात्रै पोष्टमाटम गरेकाले मैले पोष्टमाटम गर्न मिलेन,सव पोष्टमाटमका लागि डडेल्धुरा पठाए ।”

चिसोका कारण बिरामीको सँख्या बढेका कारण उहाँलाई पनि उपचार गर्न भ्याई नभ्याई भएको छ । पोष्टमार्टमका लागि ल्याएको सव घण्टौ जिल्ला अस्पतालको लास घरमा राखेर डडेल्धुरा पठाएपछि मृतकका आफन्तहरु आक्रोसित आक्रोसित भएका थिए । डोटीमा डदरबन्दि अनुसारका डाक्टरहरु नबस्ने परमपरा पहिले देखी नै चल्दै आएको स्थानियको आरोप छ ।

उता जिल्ला अस्पताल डोटीका मेडिकल सुपरी टेन्डेन्ट डाक्टर भुषण मिश्रले आफुहरु तालिमका लागि काठमाण्डौ गएको र केही निदमै जिल्ला फर्किने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कार्यरत हामी कुनैपनि डाक्टरले पोष्टमाटम तालिम लिएका छैनौ तालिमका लागि हामी काठमाण्डौ छौ,तालिम केही दिनमै सकिन्छ र फर्किन्छौँ ।” डोटीका पोष्टमाटमका लागि योग्य डाक्टर नहुँदा मृतक बोगटीको सव पोष्टमाटमका लागि डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पताल पठाईएको हो । जिल्लामा डाक्टरले पाउने सम्पुर्ण सेवा सुबिधा पाएपनि बिभिन्न कारण र बाहना देखाएर डाक्टरहरु जिल्ला छोडेर जाने गरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन् ।