शिवहरीप्रसाद भट्टराई, राजविराज
भुमिसुधार तथा मालपोत कार्यालय राजविराजको सम्पुर्ण कारोवार अनलाईन मार्फत ब्यवस्थित गरिने भएको छ ।
भुमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडी तथा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले शुक्रवार संयुक्त रुपमा अनलाईन प्रणालीको उद्घाटन गरेका छन् ।
सप्तरी वाहेक अन्य ५० वटा मालपोत कार्यालयमा यो सुविधा सञ्चालनमा छ । अनलाईन प्रणालीलाई चालु आर्थिक वर्षभित्र १ सय ८ वटामा पुर्याउने लक्ष्य राखिएको विभागले जनाएको छ ।
जग्गा प्रशासनलाई वैज्ञानिक, आधुनिक र ब्यवस्थित वनाउन अनलाईन सेवाले मद्दत गर्ने महानिर्देशक दवाडिले वताए । ‘जग्गाको कारोवार गर्ने हाम्रो परम्परागत र झन्झटिलो प्रकृया छ। ढड्डा र लिखतहरु पुराना छन्’ उनले भने– ‘जग्गाको कारोवार र राजश्व एकिन गर्न पनि अनलाईन सेवा प्रभावकारी छ।’
अनलाईन सेवा सुरु भएपछि सेवाग्राहीलाई नियतवस दुःख दिने, समय लम्ब्याउने, किर्ते गर्नेलगायतका कर्मचारीका कमजोरीको पनि अनुगमन गर्न सकिने उनले जानकारी दिए । ‘अनलाईन प्रणालीमा आईसकेपछि औँठा छाप लगाउने बित्तिकै जग्गा धनी हो या होईन भन्ने सुरुमै पत्ता लाग्छ’ उनले भने –‘कारोवार सुरु भएपछि सिस्टमले नै वास्तविक जग्गा धनिको मोवाईलमा जानकारी सहितको एसएमएस पठाउँछ । त्यसैले कीर्ते गर्ने कुरा सम्भव छैन।’
मालपोत कार्यालयका पुराना डाटा र ढड्डालाई ब्यवस्थित गर्न विभागले चाँडै नयाँ प्रणाली सुरु गर्न लागेको दवाडिले वताए । पुराना कागजपत्रलाई स्क्यान गरी कम्प्युटरमा सुरक्षित राख्ने गरी विभागले तयारी गरिरहेको उनको भनाई छ ।











प्रतिक्रिया