फेसबुकको आम्दानी मनग्य, दैनिक प्रयोगकर्ताको १ अर्ब ५२ करोड



सान फ्रान्सिस्को, (एजेन्सी)
लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले बुधबार आफ्नो त्रैमासिक आर्थिक विवरण सार्वजनिक गरेको छ। सन् २०१८ को अक्टोबरदेखि डिसेम्बर तीन महिना सबैभन्दा धेरै मुनाफाको अवधी भएको छ। उक्त अवधीमा कम्पनीले ६ अर्ब ८८ करोड डलर मुनाफा गरेको जनाएको छ।

सन् २०१७ को डिसेम्बर तीन महिनाको तुलनामा यो मुनाफा ६१ प्रतिशतले वृद्धि भएको बताइएको छ। सन् २०१८ को डिसेम्बर तीन महिनाको आम्दानी ३० प्रतिशतले बढेर १६ अर्ब ९१ करोड डलर पुगेको यसमा थप आम्दानीको सबैभन्दा धेरै ९३ प्रतिशत हिस्सा रहेको बताइएको छ।

फेसबुकको उत्कृष्ट तीन महिनाको नतिजाले अमेरिकी बजारमा कम्पनीको सेयरमा बुधबार १२ प्रतिशतले उतार आएको थियो। सेयरमा आएको उतारले कम्पनीको मार्केट क्यापमा ५५ करोड डलर बृद्धि भएको छ।

फेसबुकको दैनिक र मासिक सक्रिय प्रयोगकर्ताको संख्यामा ८ दशमलव ६ प्रतिशतले बृद्धी भएको छ। सन् २०१८ डिसेम्बरको तीन महिनामा दैनिक सक्रिय प्रयोगकर्ता १ अर्ब ५२ करोड र मासिक सक्रिय प्रयोगकर्ता २ अर्ब ३२ करोड थिए।

फेसबुकमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या उत्तर अमेरिका बाहेक बाँकी क्षेत्रमा राम्रो बृद्धि भएको देखिएको छ। एसिया प्रसान्त क्षेत्रमा सबैभन्दा धेरै बृद्धि भएको बताइएको छ।
अक्टोबर डिसेम्बर तीन महिनामा पीआर फर्म र क्याम्ब्रिज एनालिटिकासँग सम्बन्धित डाटा चुहावटजस्ता विवादका बाबजुद फेसबुकको नतिजा राम्रो र≈यो। प्रयोगकर्ताको संख्या र आम्दानी वृद्धि राम्रो हुनुले कम्पनीको कीर्तिनामा मुनाफा भएको छ। फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले यो वर्ष कम्पनीको उत्पादन विकासमा केन्द्रित गरिने बताए। मेसेजिंग, पेमेन्ट, भिडियो र हार्डवेयर विकासका माध्यमबाट प्रयोगकर्तालाई राम्रो सेवा दिने उनले बताए। वाट्सएप, इन्स्टाग्राम र मेसेन्जरलाई एकिकृत गर्ने विषयमा पनि विचार भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्