प्रदर्शनकारीले मुखुन्डो लगाउन नपाउने



पेरिस, (एजेन्सी)
फ्रान्सको राष्ट्रिय सभाले विरोध प्रदर्शनको क्रममा मुखुन्डो लगाउन नपाउने नयाँ कानुन अनुमोदन गरेको छ। साथै निश्चित केही व्यक्तिहरुले विरोध ¥यालीहरुमा भाग लिन नपाउने पनि नियम ल्याइएको छ।

अब प्रदर्शनमा मुखुन्डो लगाउने व्यक्तिलाई एक वर्ष लामो कारावास र १७ हजार अमेरिकी डलर जरिवाना हुनेछ। फ्रान्समा पहेँलो भेस्टधारीहरुले सरकार विरुद्ध साप्ताहिक प्रदर्शन गर्दै आएका छन्।

साथै शानितपूर्ण ढंगले विरोध प्रदर्शनमा उत्रेकाहरुलाई गम्भीर घाइते बनाउने प्रहरीहरुमाथि पनि अबदेखि विशेष निगरानी राखिने भएको छ। जेरोम रोड्रिग्स नामक प्रदर्शनकारीमाथि भएको दुव्र्यवहारको कारण प्रहरीको कार्य विवादास्पद भएके छ। शनिबार शान्तिपूर्ण तरिकाले प्रदर्शन गरिरहेका उनको उउटा आँखामा प्रहरीले गहिरो चोट पु¥याएको थियो।

सो आँखाको दृश्यशक्ति गुम्न सक्ने बताइएको छ। यद्यपि यी नयाँ कानुनले अन्तिम वैधानिक चुनौती पार गर्नु बाँकी नै छ। तर तिनका प्रमुख बुँदाहरुप्रति विधायकहरुले बुधबार साँझ नै सहमति जुटाइसकेका छन्। विगतमा पनि फ्रान्समा न्यायधीशहरुले निश्चित व्यक्तहरुमाथि प्रदर्शन प्रतिबन्ध लगाउन सक्दथे।

तर अब सो अधिकार क्षेत्रीय प्रशासकहरुलाई पनि प्रदान गरिने भएको छ। यस प्रतिबन्धका समर्थकहरुले अबदेखि हिंसात्मक कार्यमा लाग्ने प्रदर्शनकारीहरुमाथि निगरानी राख्ने सजिलो हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्