मलेसियाका नयाँ नरेशको राज्यारोहण र शपथग्रहण



क्वालालम्पुर, (एजेन्सी)
मलेसियाका नवनिर्वाचित नरेश सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन्। यसअघिका नरशेले आफ्नो पाँच वर्षिय कार्यकाल पूरा नहुँदै बीचमै स्वेच्छाले पद त्याग गरेकाले निर्वाचन विधिमार्फत छनौंट गरिएका नयाँ नरेश अर्थात् सुल्तान अफ पादाँगले राज्यारोहण गरेका हुन्।

सहासिक खेलप्रेमी अब्दुल्लाहले राज्यारोहणको दौरान नीलो पानीरंगको परम्परागत एवं औपचारिक पोशाक लगाएका थिए। क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा सांस्कृतिक र परम्परागत रीतिरिवाजसहित आयोजना गरिएको सो भव्य समारोहमा अब्दुल्लाहले पदको सपथ ग्रहणसमेत गरेका थिए। मलेसियाका नरेशको भूमिका आलंकारिक मात्र हो। दैनिक शासनकार्यमा यिनको कुन ैऔपचारिक सहभागिता रहँदैन।

समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजारौं गन्यमान्य अतिथिहरु, मुस्लिम धर्मगुरुलगायतको ७ लो संख्यामा सहभागिता रहेको थियो। यस ऐतिहासिक कार्यक्रमलाई सरकारीे टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

सपथ ग्रहण कार्यक्रम पुर्व ५९ वर्षीय नयाँ नरेश अब्दुल्लाहलाई राष्ट्रिय संसदमा विशेष स्वागत गरिएको थियो। त्यहाँ उनको सम्मानमा सम्मान गारथ पनि दिइएको थियो। मलेसियाको राजसभाद्वारा केही दिन अघिमात्र संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाको १६ औं नरेश भएका छन्।

यसअघिका राजा सुलल्तान मुहम्मद पाँचौंले यही जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई नयाँ राजा चयन गरिएको हो। उनले गत वर्ष रिामी विदा लिन लागेको बताएका थिए।

तर नोभेम्वरमा उनले पूर्वमिस मस्कोसंग विवाह गरेको तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए। मुस्लिम बाहुल्य मलेसियामा सन् १९५७ यता कुनै पनि नरेशले तोकिएको पदावधि नसकिँदै राजीनामा दिने मुहम्मद पहिलो नरेश हुन्।

प्रतिक्रिया दिनुहोस्