लभ कमान्डोजका अध्यक्ष पक्राउ



नयाँदिल्ली, (एजेन्सी)
भारतका प्रहरीले लभ कमान्डोज नामक एक संस्थाका अध्यक्षलाई जवर्जस्ती चन्दा असुलेको तथा आफ्नो आश्रममा रहेका दम्पतीहरुलाई दुव्र्यवहार गरेको अभियोग बिहीबार सोधपुछ शुरू गरिएको सरकारी सञ्चार माध्यमले जनाएको छ।

महिलाका लागि दिल्ली आयोग ९ डसीडब्ल्यु० को उजुरीपछि प्रहरीले सन्जोय सचदेव नामक ती अध्यक्षलाई गिरफ्तार गर्नुका साथै उनको आश्रमबाट चार दम्पतीको उद्धार पनि गरेको छ। सचदेवले परिवारको अनुमतिबिना धर्म र जात नमिलेकाहरुसँग विहावारी गरेका दम्पतीहरुलाई सुरक्षित अवास प्रदान गर्ने उद्देश्यले सो संस्था स्थापना गरेका थिए।
त्यहाँ रहेका केही जोडीले आफूहरुलाई इच्छाविपरीत त्यहाँ राखिएको दावी गरेका छन्। चर्चित बलिबुड अभिनेता आमिर खानद्वारा सञ्चालित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’मा सचदेव देखापरेपछि सन् २०१० मा उनले स्थापना गरेको लभ कमान्डोज नामक सो गैरसरकारी संस्था चर्चामा आएको हो।

अझै पनि रुढिवादीमा जकडिएको भारतमा जात र थर नमिलेको तथा आफ्न ैगोत्रभित्रको विहेवारी वर्जित रहेको छ। यसलाई सम्बन्धित परिवार स्वयम् र कटरपन्थी ग्रामीण परिषद्ले विरोध गर्ने गरेका छन्। यसरी परम्परा तोडेर विवाह गर्ने जोडीहरुको हत्यासमेत हुने गरेको घटना प्रायशः सार्वजनिक हुने गरेको छ। उद्धार गरिएका चार दम्पतीबाट सचदेवले शुल्कवापत ठूलो रकम लिँदै आएका ेबताइएको छ।

प्रतिक्रिया दिनुहोस्