दिपायल विमानस्थलको काम द्रुत गतिमा हुँदै

0
Shares

विमल विष्ट, डोटी ।
तोकिएको समय भन्दा झण्डै एक वर्ष पछि निर्माण सम्पन्न हुन लागेको डोटीको दिपायल विमानस्थल कालापत्रे गर्ने काम अहिले आएर द्रुत गतिमा भईरहेको छ । दिपायल सँगै निर्माण थालिएको अछामको साँफेवगर विमानस्थलको काम सकिएर परिक्षण उडान गरीसक्दा समेत यो विमानस्थलले गतिलिन सकेको थिएन् ।

पछिल्लो समय विमानस्थलको रनवे निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको दाबी छ । विमानस्थलको पार्कीङस्थल, रनवे वाहेक विमानस्थल भरान गर्ने काम भईरहेको छ भने नाली निर्माण र तारवार लगाउने काम सम्पन्न गरि सकिएको बिमानस्थल पिचको काम गरिरहेको सपना गाल्भा जेवी निर्माण कम्पनीले जानकारी दिएको छ ।

विमानस्थलको रनवे निर्माणको सम्पुर्ण काम सम्पन्न भएको र गिट्टी फिजाएर अल्कत्रा छर्ने काम मात्रै वाँकी रहेको छ । आउदो फागुन महिना सम्म कालोपत्रे गर्ने काम सम्पन्न हुने निर्माण कम्पनीको दाबी छ । करिव डेढ दशक भन्दा वढी समय सम्म वन्द रहेको डोटी विमानस्थल बिसं २०७५ असाढ मशान्त सम्म निर्माण सम्पन्न गरीसक्नुपर्ने भएपनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्ष पछि ढिलो गरी निर्माण हुन थालेको स्थानियवासीको आरोप छ । नेपाल नागरीक उड्यन प्राधिकरणको रु.६ करोड लागतमा सपना गाल्भा जेवी निर्माण कम्पनीले विमानस्थल कालोपत्रे गर्ने जिम्मेवारी पाएको हो । बिमानस्थलको ४ सय ९५ मिटर लम्वाई र २० मिटर चौडाईको रनवे कालोपत्रे हुने भएको छ । विमानस्थल कालोपत्रे हुन थाले संगै स्थानियवासीन्दा खुसी भएको दिपायल सिलगढीनगरपालिका २ का वडाअध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्माण कार्य पहिले नै सक्नु पर्ने हो तर फागुनमा सकिने दाबी गरिएपछि स्थानियखुसी भएका छन् ।” पछिल्लो समय बिमानस्थलको काम देखेर वर्षौ देखीको विमान सञ्चालन हुने सपान अव पुरा हुन्छ कि भन्ने आशा पलाएको स्थानिय मोहन पनेरुले वताउनुभयो । उहाँले भन्नुभयो, “घर आगनमै विमानस्थल हुँदा सम्म पनि सञ्चालन नहुँदा आपतकालीन सेवाका लागि समस्या हुने गरेको थियो,अब समस्या समाधान हुन्छकी ।”

यो विमानस्थल सञ्चालनमा आउन सकेको खण्डमा सुदूरपश्चिमका अन्य पहाडि जिल्लाका स्थानिय वासीन्दालाई समेत हवाई यात्राका लागि सहज हुनुका साथै यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्योग बाणिज्य संघका महासचिब दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटीको बिकास गर्नु छ भने पहिला बिमानस्थल सुचारु गराउनु जरुरी छ ।”

Skip This