भद्रपुरमा बुद्ध एयरको रात्रिकालीन परीक्षण उडान, अब दैनिक ३ उडान



निनेपाल समाचारपत्र, काठमाडौं
जी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरमा रात्रिकालीन उडान गर्ने भएको छ। पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङको प्रवेशद्वारका रूपमा लिइएको भद्रपुरमा रात्रिकालीन उडान शुरू गरेको हो।

छिमेकी मुलुक भारतका सिलिगढी, दार्जिलिङ, सिक्किम मात्र नभई तेस्रो मुलुक भुटान तथा बंगलादेशलाई पनि भद्रपुरले जोड्ने विश्वास कम्पनीले लिएको छ। बुधबार बुद्ध एयरले भद्रपुरमा विमान उडानको सफलतापूर्वक परीक्षण गरेको छ। यस प्रविधिलाई रन्वे एरिया निभिगेसन् भनिन्छ। यसको सहायताले ‘लो भिजिबिलिटी’ हवाई उडानका लागि हाल जडान गरिएको रनवे लाइटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान अवतरण गर्न सकिनेछ। विश्वको उड्डयन क्षेत्रमा नै प्रविधि संसारभरि प्रचलित र सुरक्षित मानिन्छ। यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपछि उडान रद्द गर्नुपर्ने बाध्यता थियो।

यसकारण यात्रुलाई पनि कठिनाइ र विमान कम्पनीलाई पनि थप आर्थिक भार पर्ने गरेको थियो। अहिले भद्रपुरमा नियमित दुई उडान सञ्चालनमा छ। १० फेब्रुअरीबाट रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्न कम्पनाीले जनाएको छ। हवाईयात्रा हरेक सर्वसाधरणको पहुँचमा पु¥याउने अभियानस्वरूप बुद्ध एयरले विभिन्न प्रकारका भाडादर निर्धारण गरी सेवा प्रवाह गर्दै आएको छ। विगतमा १ उडान हुँदै आएको भद्रपुरमा हाल दैनिक सयौं स्वदेशी तथा विदेशी यात्रुहरूले भद्रपुरबाट काठमाडौंको उडान भरिरहेका छन्। यसबाट स्थानीय बजारमा पनि चहलपहल बढेको छ भने रोजगारीमा पनि टेवा पु¥याएको छ।

विगतमा ‘लो भिजिबिलिटी’ का कारण हुने गरेको उडान रद्द अब भने हुने छैन। यात्रुहरूको मागलाई ध्यानमा राखेर नागरिक उड्डयन प्राधिकरणले करिब ६ महिनाअगाडि नै यस विमानस्थलमा आरएनएभी प्रविधि जडान गरिए तापनि रात्रिकालीन उडानका लागि आवश्यक रनवे लाइटहरू जडान नगर्दा उडान भर्न सकेको थिएन। बुधबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ। रात्रिकालीन उडानका लागि नागरिक उड्डयन प्राधिकरण र यसका विशेषज्ञ टोलीले यसअघि धनगढीमा पनि आवश्यक पूर्वाधारहरू जडान गरी बुद्ध एयरले टेस्ट फ्लाइट र लगत्तै रात्रिकालीन व्यावसायिक उडान पनि भर्दै आइरहेको छ।

बुद्ध एयरले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरी आफ्नो प्राविधिक टोलीलाई संलग्नता गराई शुरूदेखि नै आरएनएभी प्रविधिलाई विभिन्न विमानस्थलमा कार्यान्वयन गर्दै आएको छ। आगामी दिनमा थप विमानस्थल जस्तैः तुम्लिङतार, सुर्खेत, भरतपुरमा पनि विस्तार गर्दै जाने योजना बनाएको छ। आरएनएभी प्रविधि जनकपुर एयरपोर्टमा पनि बुद्ध एयर तथा प्राधिकरणको सहकार्यमा सम्पन्न हुने क्रममा रहेको छ भने कम्पनीले जनकपुरमा पनि रात्रिकालीन उडान भर्ने व्यावसायिक योजना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्