शेयर बजार झिनो अंकले घट्यो



नेपाल समाचारपत्र, काठमाडौं
काठमाडांै धितोपत्र बजारमा बुधबार शेयरको मूल्य झिनो अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ४ विन्दुले घटेर १ हजार १ सय ६० दशमलव ५९ विन्दुमा कायम भएको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ विन्दुले बढेर २ सय ४६ दशमलव ७५ विन्दुमा पुगेको छ। स्टकका अनुसार बुधबार कुल १ सय ६८ कम्पनीको ५ लाख ७२ हजार ७ सय ७५ कित्ता शेयर रु १९ करोड २० लाख ९४ हजार ४ सय ९२ मूल्यमा खरिद बिक्री भए। बुधबार कारोबार भएका कुल ११ उपसमूहमध्ये ५ उपसमूहको शेयर बढेको छ भने ७ उपसमूहको शेयर घटेको छ।

बैंकिङ १ दशमलव ५५, व्यापार १ दशमलव ९, होटल ५ दशमलव ६९, अन्य १ दशमलव ३३, लघुवित्त ५ दशमलव ३१ विन्दुले बढेको छ। यस्तै विकास बैंक ७ दशमलव ०७, जलविद्युत् ६ दशमलव ५, वित्त ५ दशमलव ३४, निर्जीवन बीमा ८ दशमलव ४५, उत्पादन ६३ दशमलव ८२ र जीवन बीमा ५ दशमलव ३९ विन्दुले घटेको छ। झिनो अंकले घटेको बजारमा उन्नति माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले हिजो ७ प्रतिशतका दरले कमाएका छन्। यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतले कमाउँदा साल्ट टे«डिङ, सगरमाथा इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्सका शेयरधनीले ३ प्रतिशत बढीले कमाएका छन्। यस्तै सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ७ प्रतिशत, युनिलिभर नेपाल ५ प्रतिशत, तिनाहुँ डेभलपमेन्ट बैंकका शेयरधनीले ४ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्