शौचालय कुर्ने विचरा !

0
Shares

बाँके, (नेस)
लक्ष्मी बाल्मिकी घुम्ती शौचालयअगाडि बाटोमा कुर्सी लगाएर बसेकी छन्। उनको काखमा दूधे बच्चा छ। यात्रुहरू यसो मोडिदा घुम्ती शौचालयमा शौच गर्न नै आएका हुन् कि भनेर लक्ष्मी पल्याकपुलुक हेर्छिन्।

नेपालगन्ज उपमहानगरपालिकाले शहरका चार ठाउँमा राखेको घुम्ती शौचालयमध्ये त्रिभुवनचोकको डिउटीमा लक्ष्मी बसेकी छन्। लक्ष्मीले दिसा गर्नेसँग दश र पिसाब गर्नेसँग पाँच रूपियाँ लिने गरेकी छिन्। आज कति रूपियाँ जम्मा भयो रु लक्ष्मीले गनेरै देखाइदिन्, ‘८० रूपियाँ’ ३ सय रूपियाँ उठाएर ठेकेदारलाई दिएपछि बचेको पैसा लक्ष्मीले पाउँछिन्। यो उनी र ठेकेदारका बीचमा व्यवहारिक सम्झौता छ। ‘यो तालले त ठेकेदारलाई दिने पैसा पनि पुग्दैन। मैले के लिने रु लक्ष्मीले निराशा व्यक्त गरिन्।

नेपालगन्ज उपमहानगरपालिकाले त्रिभुवनचोक, नेपालगन्ज बसपार्क, गुलरिया बसपार्क र पुष्पलाल चोकमा घुम्ती शौचालय राखेको छ। घुम्ती शौचालय हेर्नका लागि ठेक्का दिइएको छ। स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थाले तीन महिनाका लागि ७० हजार ६० रूपियाँमा चार वटा घुम्ती शौचालयको रेखदेखको ठेक्का लिएको छ।

ठेकेदारले चारै ठाउँमा शौच गर्न आउनेसँग पैसा लिनका लागि एक÷एकजना खटाएको छ। उनीहरूलाई दिनमा तीन सय उठाएर दिएपछि जति उठ्छ लिन भनिएको छ। त्रिभुवनचोकमा एक दिन मात्रै ३ सय ५० रूपियाँ उठेको थियो। माघ ९ गते राखिएको घुम्ती शौचालयबाट पहिलो दिन १ सय ५० उठेको थियो। यो बीचमा १ दिन मात्रै ३ सय ५० उठ्यो भने अरू दिन सय आसपासमै पैसा उठेको छ।

व्यस्त बजारको बीचमा रहेको त्रिभुवनचोकमा घुम्ती शौचालय त राखियो। यात्रु या आसपासका पसलेहरू त्यहाँ पिसाब गर्न भने जाँदैनन्। ठेकेदारले यो चोकमा राखेको घुम्ती शौचालयबाट घाटा व्यहोरेको छ। अझै एक÷दुई दिन यही ताल रहेमा त्रिभुवनचोकबाट घुम्ती शौचालय हट्ने एकथरीले बताएका छन्।

अरू तीन ठाउँको अवस्था कस्तो छ त रु ठेक्का सञ्चालक भानु भट्ट भन्छन्, ‘त्रिभुवनचोक भन्दा राम्रो छ। अन्यत्र दिनमा चार÷पाँच सय संकलन भएको छ। नेपालगन्ज बसपार्क निर्माणको काम धमाधम भइरहेको छ। त्यहाँ पनि घुम्ती शौचालय राखिएको छ। घुम्ती शौचालयको त्यहाँ रामै्र कमाइ भइरहेको छ।

Skip This