कोका–कोलाले मःमः उत्सवको नयाँ टीभीसी सार्वजनिक



काठमाडौं, (नेस)
कोका–कोलाले मःमःउत्सव अभियानको लागि टिभी कमर्सियल सार्वजनिक गरेको छ।
यस वर्ष कोका–कोलाले विगत तीन वर्षको भन्दा भिन्न स्लोगनको साथ कोका–कोला मःमःउत्सव मनाउन लागेको हो। चौथो मःमःउत्सवका लागि स्लोगन ‘कोक र मःम पर्फेक्ट जोडी’ रहेको छ। यस अभियानले उपभोक्ताहरूमा कोक र मःमका विभिन्न परिकारको मज्जा लिनुको साथै नयाँ अनुभव थप्नेछ।

मःमःउत्सवको टिभीसीमा कोका–कोला नेपालकी ब्रान्ड एम्बेस्डर प्रियंका कार्की पनि देखिएकी छिन्। प्रियंका प्रत्यक वर्ष मःमउत्सवमा सहभागी भए पनि पहिलो पटक टिभीसीमा नायक आयुष्मान देशराज जोशी र नायक आकाश श्रेष्ठसँग अभिनय गरेकी हुन्। टिभी कमर्सियलको शुरूवातमा प्रियंका आयुष्मानसँग केही कुरामा रिसाइरहेकी छिन् भने आयुष्मान उनीसँग माफी मागिरहेका छन्। रेस्टुरेन्टका मालिक आकाश ग्राहकका लागि कोक र मःम सर्भ गर्न व्यस्त छन्।

आकाशले प्रियंका र आयुष्मानलाई देख्छन् र कोक र मःम ल्याएर दिन्छन् तर उनीहरूले कोक र मःमलाई टेबलबाट टाढा हटाउछन्। त्यसपछि मःमबाट निस्किएको बाफ बाहिर निस्किनुको सट्टाभित्र पस्छ। र कोकले पनि आँशु खसाल्छ ९कोकबाट आँशु झरेको संकेत गर्छ०। यो देखेर आकाशले कोक र मःमलाई एकै ठाउँमा ल्याएर राखीदिन्छन्। जसले गर्दा प्रियंका र आयुष्मानलाई नजिक ल्याउछ। उनीहरू खुसी हुँदै एकअर्कासँग कोक र मःम बाडेर खान्छन्।

प्रतिक्रिया दिनुहोस्